काठमाडौं। अमेरिकामा विमानसँग सैनिक हेलिकप्टोर ठोक्किनुअघि एयर ट्राफिक कन्ट्रोलरले सचेत गराएको अडियो सार्वजनिक भएको छ। अमेरिकी सेनाको हेलिकप्टरलाई यात्रु विमानसँग ठोक्किने मार्गमा रहेको चेतावनी दिएको अडियो सार्वजनिक भएको हो।
दुर्घटनाअघि अडियोमा नियन्त्रण कक्षका मानिसको सास रोकिएको आवाज सुनिएको छ। बुधबार राति भएको घातक दुर्घटनामा हेलिकप्टरले अमेरिकन एयरलाइन्सको सहायक कम्पनीद्वारा सञ्चालित बोम्बार्डियर विमानलाई रेगन नेशनल एयरपोर्टमा अवतरणको लागि नजिकिँदै गर्दा ठक्कर दिएको थियो।
विस्फोटपछि दुवै विमान हिउँले ढाकिएको पोटोम्याक नदीमा खसेको थियो। ‘प्याट २-५ के तपाईंले सिआरजेलाई देख्नुभयो ?’ एक कन्ट्रोलरले ब्ल्याक हक हेलिकप्टरको कल साइन प्रयोग गर्दै विमान देख्न सक्छ कि भनेर सोधेका छन्।
‘प्याट २-५, सिआरजेको पछाडिबाट जानुहोस्,’ कन्ट्रोलरले अनुरोध गरे।
केही क्षणपछि सास रोकिएको आवाज सुनिन्छ। आवाजले सोध्छ ‘टावर, के तपाईंले देख्नुभयो ?’
दुर्घटनापछि अर्को एयर ट्राफिक कन्ट्रोलरले भने, ‘मैले एउटा आगोको गोला मात्र देखेँ र त्यसपछि त्यो हराएको थियो। तिनीहरू नदीमा खसेपछि मैले केही देखेको छैन। तर त्यो एउटा सिआरजे र एउटा हेलिकप्टर थियो।’
बिहीबार बिहानसम्म रातारात बृहत् पहिलो रेस्पोन्डर अपरेसन चलिरहेको थियो। यद्यपि, कसैलाई जीवित भेट्टाउन सकिएन।
पाइलट र उड्डयन विशेषज्ञ काइल बेलीले फक्स न्युजलाई बताएअनुसार यदि, विमानलाई अवतरणको अनुमति दिइएको भए उसलाई बाटो छोड्नुपर्ने थियो।