जुन एयरलाइन्सलाई ८८ बर्ष पहिले जेआरडी टाटाले जग हालेका थिए, अब पुनः त्यो कम्पनी टाटाको हुन लागेको छ । संकटसँग जुझिरहेको एयर इन्डियाको लागि १७ मार्चसम्म बोलकबोलको मिति तोकिएको छ ।
टाटा ग्रुप यो नेशनल केरियरको लागि आफ्नो दावेदारी दिने योजनाको अन्तिम चरणको निक्कै नजिक छ । टाटा ग्रुपले सिंगापुर एयरलाइन्ससँग मिलेर एयर इण्डियाँको लागि बोली लगाउने तयारीमा छ । सुत्र अनुसार दुबै ग्रुप मिलेर यो अधिग्रहणलाई स्वरुप दिने काममा पनि लागिसेकेका छन् ।
यो धेरैलाई थाहा नहुन पनि सक्छ सन् १९३२ मा जेआरडी टाटाले नै एयर इन्डियाको जग बसालेका थिए । तर, १९४६ मा यो एयरलाइन्सलाई राष्ट्रियकरण गरिएको थियो । शुरुवाती दिनमा यसको नाम पनि टाटा एयरलाइन्स नै थियो ।
राष्ट्रियकरण भएपछि भने सन् १९४८ मा यसको नामाकरण एयर इन्डिया गरिएको थियो । अब एयरलाइन्स पुन टाटा घरानामै फर्किने सम्भावना छ । टाटा ग्रुप पुरानो आफ्नो कम्पनी फर्काउने योजनामा जुटिरहेको छ । उसको योजनामा एयर इन्डियाको मर्जर (टाटाको ५१ प्रतिशत सेयर) तथा एयर इन्डियाँ एक्प्रेस सहभागी छन् । जो एयर इन्डियाको सतप्रतिशत हिस्सेदार हो ।
समाचारहरुका अनुसार टाटा ग्रुपले एयर इन्डिया एक्स्प्रेस किन्ने स्विकृतीका लागि मलेसियाई व्यवसायी टोनी फर्नान्डिससँग सम्पर्क गरेका छन् । जो एयर एसियाको ४९ प्रतिशत हिस्सेदार छन् ।
एयर एशिया विदेश उडान अनुमतिको पर्खाइमा
स्रोतका अनुसार चाडै एक नयाँ सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ । टाटा ग्रुपले एयर एशिया र एयर इन्डिया एक्स्प्रेसको मर्जर प्रस्ताव राखेको छ । यो मर्जर पछि भारतिय उड्डयन क्षेत्रमा फर्नान्डिजको ठूलो सेयर हुन्छ र दुबै साझेदारी ‘विन विन’ अवस्थामा रहन्छ ।
एयर एशियाको शुरुवात पनि सन् २०१३ मा टाटा ग्रुप र फर्नान्डिजको संयुक्त लगानीमा भएको थियो । टाटाले एक अर्को फुल सर्भिस क्यारियर अपरेट गर्छ, जो सिंंगापुर एयरलाइन्सको साथ ज्वाइन्ट भेञ्जर पनि हो । यसमा टाटा ग्रुपको ५१ प्रतिशत सेयर छ ।
टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले भनेका छन् ‘ मर्जर बिना हामी तेस्रो एयरलाइन्स चलाउन सक्दैनौ । एयर इन्डिया र विस्तारको सहयोगले टाटा ग्रुपलाई फुल सर्भिस स्पेसमा एकाधिकार बनाउन सक्छ ।’
एयर इन्डिया एक्सप्रेस भारतका २० सहरमा उडान भर्छ । यसका साथै खाडी तथा दक्षिण एशियाली मुलुकमा १३ अन्तर्राष्ट्रिय उडान पनि गर्छ ।
एयर एशिया इन्डिया विदेश उडान गर्ने अनुमतिको पर्खाईमा छन् । यो पर्खाई धेरै लामो पनि हुन सक्छ । किन कि फर्नान्डिज, एयर एशिया बोर्डमा टाटाका प्रतिनिधि आर वेंकटरमन दुबैमाथी आपराधिक गतिबिधि तथा मनी लन्डरिङको अनुसन्धान चलिरहेको छ ।
एजेन्सी