काठमाडौं। प्रिन्टर ब्रान्ड ब्रदरले ग्राहकलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ। सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टर खरिदमा उक्त प्रतिशतसम्म छुट दिने भएको हो।
छुट सुविधा तेस्रो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एन्ड ग्रिट एक्स्पो–२०२५’ बाट लिन सकिनेछ। उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघ २३ गतेदेखि २९ सम्म आयोजना हुँदै छ।
सागर ग्रुपका अनुसार सोही एक्स्पोमा ६ वटा मोडलका ब्रदर टोनर बक्स सिरिजका प्रिन्टर पनि लन्च हुनेछन्। जापानी उत्पादक ब्रदर इन्टरनेसनल कर्पोरेसनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा लोकप्रिय बनिसकेको दाबी कम्पनीको छ।
स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन्। ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी७६२०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी७६४०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन्।
यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी२१५०डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ। यी सबै मोडलका प्रिन्टर लन्चसँगै उपभोक्ता रोजाइमा पर्ने विश्वास सागर ग्रुपको छ।