काठमाडौं। नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्राण्ड ब्रदरले आफ्ना ग्राहकलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ। सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा छुट पाइने व्यवस्था मिलाएको हो।
यो छुटको सुविधा तेस्रो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट, एक्स्पो-२०२५’ बाट लिन सकिने छ। उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गतेदेखि २९ गतेसम्म आयोजना हुँदै छ।
सागर ग्रुपका अनुसार सोही एक्स्पोमा ६ वटा मोडलका ब्रदर टोनर बक्स सिरिजका प्रिन्टरहरू पनि लञ्च हुने छन्। जापानी उत्पादक ब्रदर इन्टरनेशनल कर्पोरेशनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय बनिसकेका छन्।
स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको-फ्रेन्डली डिजाइन ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन्। ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी-बी ७६२० डीडब्लू ३-इन-१ लेजर प्रिन्टर-मोनो, ब्रदर डीसीपी-बी ७६४० डीडब्लू ३-इन-१ लेजर प्रिन्टर-मोनो र ब्रदर एमएफसी-बी ७८१० डीडब्लू लेजर एमएफसी प्रिन्टर-मोनो मोडलका प्रिन्टर रहेका छन्।
यस्तै, उक्त सिरिजमै ब्रदर एचएल-बी २१०० डी लेजर प्रिन्टर-मोनो, ब्रदर एचएल-बी २१५० डब्लू लेजर प्रिन्टर-मोनो र ब्रदर एचएल-बी २१८० बीडब्लू लेजर प्रिन्टर-मोनो मोडलको प्रिन्टर रहेको छ। यी सबै मोडलका प्रिन्टर लञ्चसँगै नेपाली उपभोक्ताको रोजाईमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ।
नेपाली उपभोक्तालाई आर्थिक रूपमा थप लाभान्वित गराउने उद्देश्यका साथ नेपालका लागि ब्रदरको आयातकर्ता सागर ग्रुपले ब्रदरका प्रिन्टरमा प्यारेन्ट कम्पनीसँगको सहकार्यमा विशेष छुट साथै लञ्चको घोषणा गरेको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन्। व्यावसायिक उपभोक्ता तथा इन्टरप्राइजेजहरुको पहिलो रोजाइमा पर्न सफल ब्रदरका यी प्रिन्टर अपडेटसहित नेपाली बजारमा आएका हुन्।
प्रिन्टरमा कुनै पनि किसिमका समस्या आएमा कम्पनीले तुरुन्त मर्मत गरिदिने, तोकिएको वारेन्टी सहजताका साथ कार्यान्वयन गर्ने र यथेष्ट स्पेयर्स पार्ट्स स्टकमै राख्ने भएकाले पनि ब्रदरका प्रिन्टरको डाउन टाइम अत्यन्तै कम रहेको उपभोक्ताहरू स्वयं बताउँछन्।