काठमाडौं। सिजी मोटर्सले नयाँ ब्रान्डको गाडी नेपाल ल्याउन सम्झौता गरेको छ। सिजीले जेटुर ब्रान्डको इलेक्ट्रिक एसयूभी नेपाल ल्याउन आधिकारिक सम्झौतामा हस्ताक्षर गरेको हो।
जेटुअरले विशेषगरी हाइब्रिड कार उत्पादन गर्दै आएको छ। चिनियाँ चेरी होन्डिङ ग्रुपले सन् २०१८ मा स्थापना गरेको जेटुअर अटोमोबाइलअन्तर्गत क्रसओभर एसयूभी मोडल उत्पादन भइरहेका छन्।
नेपाल ल्याइनुअघि जेटुर चीनबाहेक मध्यपूर्वका मुलुक, फिलिपिन्स, रसिया, इजिप्ट, इन्डोनेसियामा बिक्री सुरु भइसकेको छ। ल्याटिन अमेरिकी देश चिली, डोमिनिकन रिपब्लिक, पेरु, उरुग्वे, मेक्सीको, पानामा तथा इक्वेडरमा पनि जेटुर बिक्री भइरहेको छ।
सीजी मोटर्सले नेपालमा नेटा, स्मार्ट, अवतार, एओन, रेडारा, एक्सपेङ, दायुन, किङलङ, केवाईसीलगायत ईभी बिक्री गर्दै आएको छ। कम्पनीले १०औं ब्रान्डको रुपमा जेटुअर नेपाल ल्याउने भएको हो।