काठमाडौं। नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई ०७ सार्वजनिक गरेको छ। दिपल ई ०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन, नेपालमा दिपल इभीका ब्राण्ड एम्बेसडर तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए।
कम्पनीले १ करोड ३ लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई ०७ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। ‘अलह्विल ड्राइभ’को मूल्य १ करोड ९९ लाख ९९ हजार तोकिएको छ।
ई ०७ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको ईभी बजारमा दिपल एस ०७ र एल ०७ सफल भइसकेकाो बताए। उनले दिपल ई ०७ ले विश्व अटो बजारमा जस्तै नेपाली अटो बजारमा पनि नयाँ मापदण्ड स्थापित गर्ने विश्वस्त भएको बताए।
‘ग्राहकको सन्तुष्टिका लागि एमएडब्लुले हरसम्भव काम गरिरकेको छ। अहिले देशका ९० भन्दा बढी स्थानमा एमएडब्लुको चार्जिंग स्टेसन छन्। जुन नेपालमै सबैभन्दा ठूलो सञ्जाल हो,’ उनले भने, झचांगान एसिया पेसिफिक भीपी गुआन जिनले चांगान र दिपलले नेपालमा एकदम राम्रो प्रदर्शन गरिरहेको र नेपालमा विश्वस्तरीय उत्पादन दिन चांगान प्रतिबद्ध रहेको छ।'
दिपल ई ०७ ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’मा उपलब्ध हुनेछ। ‘रियरह्विल ड्राइभ भेरियन्ट’मा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ। जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्ने छ। यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिनेछ। त्यसैगरी, अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ। यसमा २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्ज प्रयोग गर्न सकिन्छ।
ई०७ को ‘एरोडाइनामिक्स डिजाइन’को ‘ड्रयाग कोफिसेन्ट’ ०.२३७ सीडी रहेको छ। जसले यसको यात्रा आरामदायी बनाउँछ। त्यसैगरी यसको ‘वाटरवेडिंग’ क्षमता ६०० एमएम रहेको छ। जसले यसलाई खराब भू-वनोटमा सहज यात्रा गराउने छ।
दिपल ई ०७को ह्विलबेस ३१२० एमएम रहेको छ। जसले यसलाई ‘स्पेसियस’ बनाएको छ। ‘क्याबिन एक्सपिरियन्स’ लाई बेजोड बनाएको छ। यसमा ‘स्टाइलिस स्टार रिंग इन्टिग्रेटेड हेडलाइट’, ‘स्लाइडिंग रियर डोम डिजाइन’ र ठूलो ‘मल्टिफंक्सन रुफ र्याक’ रहेको छ। जसले ३०० केजीसम्मको ‘लोड’लाई उठाउन सक्छ। त्यसैगरी यसमा १३१ लिटरको फ्रंक स्पेस, ६०० केजी क्षमताको बुट र ‘अन्डर सिट स्टोरेज’ पनि रहेको छ।
दिपल ई ०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ। यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ। जसले ‘ड्राइभिंग एक्सपिरियन्स’लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ।
सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंग असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ। साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिंग’ रहेको छ। जसले ‘नेभिगेसन’ र पार्किंगलाई सजह बनाउँछ। दिपल ई ०७ सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध छ।