काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय ६ सय रुपैयाँमा नै कपडा देखि अन्य सामान पाउने पसल ग्राहकको रोँजाइमा पर्ने गरेको छ । ठूला व्यापारी केन्द« देखि विभिन्न चोक–चोकमा ६ सय रुपैयाँमा सामान पाउने पसल खुल्न थालेका छन् ।
यसरी ६ सय रुपैयाँमा आवश्यकता अनुसारका कपडा पाउने थाले पछि ग्राहकहरु तिनै पसल चाहार्दै पुग्ने गरेका हुन् बजारमा कपडा देखि लिएर अन्य सामानको मुल्य वृद्धि भएको समयमा बजारमा ६ सय रुपैयाँमा नै साना देखि ठूलाका लागि आवश्यक सामान पाइने गरेको न्युरोडमा एक पसलमा भेटिएकी अनुष्का रेग्मीले बताइन ।
आम ग्राहकले सस्तो र गुणस्तरीय सामानप्रति आकर्षण बढेअनुसार नै त्यस्ता पसलमा ग्राहक पुग्ने गरेका हुन् । उनका अनुसार, ६ सय पसलमा पाउने कपडा र अन्य पसलमा पाउने कपडा उस्तै हुने हुन्छ, तर मुल्यमा धेरै फरक पर्ने भएकाले पनि एउटै सामानलाई किन बढी मुल्यमा किन्ने भनेर मात्र ६ सय पसलमा जाने गरेको उनको भनाई थियो ।
‘नेपाली बजारमा कपडाको व्यापार सिजन अनुसारमात्र व्यापार हुने भएकाले अहिले जाडोको सिजन सकिन लागेकाले केही कम भएको छ, नत्र ग्राहकको पसलमा चाप धेरै हुने गर्छ ।’ एक बर्ष अघिदेखि काठमाडौको न्यूरोडमा अल आइटम फेन्सी पसल चलाइरहेका वाङसु लामाले बताए ।
सिजनको समयमा पसलमा दैनिक २ लाख देखि ३ लाख सम्मको व्यापार हुने गरेको र अन्य सामान्य अवस्था पनि ५० देखि ६० हजारको व्यापार हुने गरेको उनको भनाइ छ । बजारमा यस्ता पसल सञ्चालनमा आएसँगै सामान्य वर्गका मानिस देखि माथिल्लो वर्गका मानिससम्म आवश्यता हेरेर यस्ता पसलमा आउने गरेको व्यापारीहरुले बताए ।
व्यापारीहरुका अनुसार, ६ सय सम्मका कपडा आवश्यकता भएका मात्र ६ सय पसलमा आउने र अन्य यो भन्दा बढी आवश्यता भएका अन्य सृुपर मार्केटमा जाने गरेको बताए । बागबजारकी आइटम फेन्सी पसलकी व्यापारी कल्पना मास्केका अनुसार व्यापारी केन्द«हरुमा भन्दा पनि रिङरोड भन्दा बाहिरका यस्ता पसलहरुमा ग्राहकको चाप हुने गरेको बताइन ।
व्यापारीक केन्द«हरुमा धेरै पसल हुने गरेकाले ग्राहकहरुको रोजी छाडी किनमेल गर्ने पाउने हुने भएकाले व्यापारकम हुने गरेको उनको भनाई छ ।
अहिले उपत्यकाका प्रत्यक चोकचोकमा मात्र ६ सय पसलहरु सञ्चालनमा आएका छन । यस्ता पसलमा विशेष गरी फेन्सी कपडाहरु पाउने गरेका छन । बजार पछिल्लो समयमा ६ सयमा नै फेन्सी कपडा लगाउन पाउने भएकाले यस्ता पसलमा ग्राहकको आकर्षण बढेको देख्न सकिन्छ ।
६ सय रुपैयाँ पाउने कपडा चाइनाबाट आउने गरेको छ । चाइनाबाट ल्याउन हुँदा चाइनाको कपडा सस्तो हुन गरेकाले पनि नेपाली बजारमा कपडाले मार्केट लिन थालेको व्यापारीहरुको भनाइ छ ।