काठमाडौं। साताको दोस्रो दिन पनि सेयर बजारमामा गिरावट आएको छ। साताको पहिलो दिन आइतबार १०.४१ अंकको गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार १०.६१ अंकले गिरावट आएको हो। योसँगै नेप्से दुई दिन लगातार घटेर २६३३.३२ विन्दुमा रोकिएको छ।
आइतबारको तुलनामा कारोबार रकमसमेत गिरावट भएको छ। आइतबार कुल ९ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार हुँदा आज ८ अर्ब ९२ करोड ४० लाखमा रोकिएको हो।
आज १०५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो। यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज न्यादी हाइडोपारवरको सकारात्मक सर्किट लागेको छ।
आज फाइनान्स समूहमा सबैभन्दा धेरै बढेको छ। यसका अलवा विकास बैंक ०.७२, हाइड्रोपावर ०.३५, उत्पादन ०.६७, माइक्रोफाइनान्स ०.०४ प्रतिशत बढेको छ। व्यापार १.८३, अन्य १.६६, निर्जीवन बीमा ०.६७, जीवन बीमा १.१०, लगानी ०.७७, होटल तथा पर्यटन ०.५१ तथा बैंकिङ ०.५५ प्रतिशत घटेको छ।
न्यादी हाइड्रोपावरसँगै जानाकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। सप्तकोशी विकास बैंकको ८.४, उपकार लघुवित्तको ६.५, धौलागिरि लघुवित्तको ५.८, नेपाल हाइड्रो डेभलपर्सको ५.४ प्रतिशत घट्यो।