काठमाडौं। जुनयाओ एयरलाइन्सको इलेक्ट्रिक गाडी जेवाई एयर छिट्टै नेपालमा सार्वजनिक हुने भएको छ। नेपालमा बिएडब्लुको आधिकारिक बिक्रेता एलआरआर ग्रुपले जेवाई एयर सेडान नेपालमा सार्वजनिक गर्ने भएको हो।
जुनयाओ एयरलाइन्सको इलेक्ट्रिक गाडी जेवाई एयर नेपालमा ल्याएर परीक्षण भइरहेको कम्पनीले जनाएको छ। जेवाई एयर चिनियाँ एयरलाइन्स कम्पनी जुनयाओको पहिलो सेडान कार हो। कम्पनीले यो गाडी ५८ लाख हाराहारीमा ल्याउने अनुमान गरिएको छ। जेवाई एयर सेडान नेपालमा दुई भेरियन्टमा उपलब्ध हुनेछ।
परीक्षणका लागि नेपाल ल्याइएको जेवाई एयरमा ५१ किलोवाट र ६४ किलोवाट आवर दुई ब्याट्री अप्सनमा उपलब्ध छ। कम्पनीले यसमा सिएटिएलको लिथियम आइरन फस्फोट ब्याट्री प्याक जडान गरिएको छ। जेवाई एयर सेडानमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। यसले २५० एनएमको टर्क जेनेरेट गर्दछ। यस गाडीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ। यो गाडीले सिंगल चार्जमा ४३० देखि ५२० किलोमिटरसम्मको रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ।
जेवाई एयरको लम्बाई ४५५० एमएम, चौडाई १८६० एमएम र उचाई १५१५ एमएम छ। यसको ह्लयवेस २८०० एमएम छ। यो गाडी डिसी फास्ट चार्जरले चार्ज गर्दा ३० देखि ८० प्रतिशत ३० मिनेटमा हुन्छ। एसी चार्जरले चार्ज गर्दा १० देखि १०० प्रतिशत चार्ज हुन ५.३ घण्टा लाग्दछ। यसको टप स्पिड शुन्यदेखि १०० किलोमिटरसम्म ७.९ सेकेन्डमा पुग्छ।
जेवाई एयर अल्ट्रामा एरोडाइनामिक अनुभव प्रदान गर्न ०.२३ ड्र्याग कोफिसियन्ट छ। यसको इन्टेरियरमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट, एड्जस्टेबल हिटेड सिट, प्यानोरामिक ग्लास रुफ, वायरलेस मोबाइल चार्जर(५० वार्ट) सहितको प्रिमियम इन्टेरियर छ। यसमा १५.६ इन्चको टचस्क्रिन, वायरलेस कारप्ले तथा एन्ड्रोइड अटो, क्रुज कन्ट्रोल प्यानारोमिक सनरुफ र ३६० डिग्री क्यामेरा सहितको इन्टेलिजेन्ट टेक्नोलोजी छ। सेफ्टीका लागि यसमा एईबी, एलडीडब्लु र आरसीडब्लु एवम् चाइल्ड सेफ्टीका लागि आई साइज सेफ्टी सिट सहितको सेफ्टी सुइट रहेको छ।
जुनयाओ एयरलाइन्स २००५ मा स्थापना भएको सबैभन्दा ठूलो घरेलु अपरेटरमध्ये एक हो। यसले युरोप, एशिया, अष्ट्रेलियालयातका क्षेत्रका लागि अन्तर्राष्ट्रिय उडानहरू प्रदान गर्दछ। जुनयाओ अटोमोबाइल शाखा बनाएर एयरलाइनले २०२३ मा अटोमोटिभ खण्डमा प्रवेश गर्यो। गाडीको विकास र उत्पादन सुरु गर्न, जुनयाओ एयरलाइन्सले आर्थिक रूपमा समस्यामा परेको युडो स्टार्टअप प्राप्त गर्यो।