काठमाडौं। दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेडले नेपालमा विद्युतीय सवारी साधन खरिदकर्तालाई वित्तीय सेवा प्रदान गर्न साझेदारी गरेको छ। आधिकारिक रूपमा सुरु भएको सहकार्यले विद्युतीय व्यावसायिक सवारी साधनलाई थप सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सले सवारी साधनको लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्ने छ। ऋण आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्त र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ हुने भएको छ। यस साझेदारीअन्तर्गत ११ (सीटर), १४ (सीटर), १६ (सीटर) र १९ (सीटर) विद्युतीय सवारी साधनसहित दिगोका सबै व्यावसायिक गाडीका वित्तीय सेवा हुने छन्।
दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत, सौरभ श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको हो। यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहक तथा व्यवसायीलाई गाडी खरिद गर्न थप सहज बनाउने छ।
रिलायन्स फाइनान्सको राष्ट्रव्यापी उपस्थितिसँगै ग्राहकले अब नेपालभर आफ्ना कुनै पनि शाखामा दिगोको गाडी फाइनान्सको लागि आवेदन दिन सक्छन्। यो पहलले खरिद प्रक्रियालाई सरल बनाउने मात्र होइन तर वातावरणीय रूपमा दिगो यातायात समाधानहरू अपनाउन प्रोत्साहित गर्दछ।
दिगो ग्रुपले नेपालमा विद्युतीय सवारी साधनको इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित रहेको छ। उनीले नेपाली बजारमा विद्युतीय सवारी साधनको बिक्री, वितरण,सर्विस र स्पेयर पार्ट्सका साथै दिगोमार्फतका अन्य संस्थाले विद्युतीय सवारी साधन भाडामा दिने र चार्जिङ समाधान उपलब्ध गराउँछ।
नेपाली राजमार्गमा विभिन्न स्थानमा दिगो ई स्टपले सस्टेनेबल रेस्ट स्टपको स्थापना गर्दै आएको छ। नेपालमा इन्धन सवारी साधनको प्रयोगमा कमी ल्याउन र आत्मनिर्भर विद्युतीय उर्जाको प्रवर्द्धन गरी वातावरण र आर्थिक दिगोपन दुवैलाई फाइदा पुग्ने भएको छ।