काठमाडौं। ५२.३६ अंकले बढ्दै सेयर बजार २६६५.४५ बिन्दुमा पुगेको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.३६ अंक अर्थात् २ प्रतिशतले बढ्दै २६६५.४५ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से ५.०८ अंक, सोमबार ६.७८ अंक र आइतबार १२.५८ अंकले बढेको थियो। समग्रमा पछिल्लो चार कारोबार दिनमा नेप्से ७७ अंकले बढेको छ।
बुधबार सूचकसँगै कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ। आज नेप्सेमा कुल ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने ६ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये १९६ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रिन विकास बैंकको सेयर मूल्य ९.८१ प्रतिशतले बढेको छ।
यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य भने सर्वाधिक अर्थात् ८.२१ प्रतिशतले घटेको छ। आज बैंकिङ समूहमा १.३२ प्रतिशत, विकास बैंकमा २.७४ प्रतिशत, फाइनान्समा ०.८९ प्रतिशत र होटल तथा पर्यटन समूहमा २.७१ प्रतिशतको वृद्धि भएको छ।
आज जलुविद्युत् समूहमा २.१२ प्रतिशत, लगानी समूहमा ३.८२ प्रतिशत, जीवन बिमा समूहमा १.८९ प्रतिशत, उत्पादन समूहमा ०.०८ प्रतिशत, लघुवित्त समूहमा १.०७ प्रतिशत, निर्जीवन बिमा समूहमा १ प्रतिशत र व्यापार समूहमा २.४५ प्रतिशतको सुधार आएको छ।