काठमाडौं। सुन खानीमा काम गर्दा बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका सुन निकाल्ने कम्पनीले छोडेका छ। १९ औँ शताब्दीमा विश्व सुनको दौडमा रहेको थियो। यस क्रममा दक्षिण अफ्रिकामा सुन निकाल्न धेरै कम्पनीले काम गरेको थियो।
यस क्षेत्रमा फस्टाउँदै गएको व्यावसायिक सुन खानी उद्योग अहिले विस्तारै बन्द हुँदै गएको छ। तर, स्थानीयले आफ्नो जीवन धान्न सुनको टुक्रा खोजी गरिरहेका छन्स।
जोखिमपूर्ण परिस्थितिमा जीवनयापन गर्ने उनीहरूमध्ये लेसोथोका समूह पनि हुन्। सन् २०१५ मा त्यहाँ करिब ३० हजारभन्दा बढी सुन खनिक थिए।
अफ्रिकाभर अवैध रूपमा खानीमा काम गर्ने सुन खनिक विरलै पाइने गरेका छन्। उनीहरूले खानीमा काम गर्ने पेशालाई परम्परागत र आम्दानीको स्रोतका रूपमा लिँदै आएका छन्।
दक्षिण अफ्रिकामा खनिकको ठूलो समूहले औद्योगिक रूपमा चलाइएका खानीका खाडलमा अवैध रूपमा काम गर्छन्। सुन निकाल्ने कम्पनी गएसँगै ती सुन खानी सुनसान भएका छन्। जसले गर्दा अवैध रूपमा खानीमा काम गर्ने समूहको बढेको छ।
सन् २००७ सम्म दक्षिण अफ्रिका विश्वको सबैभन्दा ठूलो सुन उत्पादक देश थियो। अमेरिकी भौगर्भिक सर्भेका अनुसार सन् २०२२ सम्ममा यो ११ औँ स्थानमा झरेको थियो।
सन् १९८० मा दक्षिण अफ्रिकाको कुल गार्हस्थ्य उत्पादनमा सुन खानीको योगदान २१ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ। सन् २०२३ मा यो घटेर ६.२ प्रतिशतमा झरेको छ।
महिनौँ जमिनमुनिको बास
अगष्टयता प्रहरी र उद्धार सेवाले जोहानेसबर्गको दक्षिण पश्चिममा रहेको स्टिलफोन्टेन नजिकैको सुन खानीबाट लुकेर काम गर्ने करिब दुई हजार खनिकलाई बाहिर निकालेको छ। यो अवधिमा ८७ जनाको मृत्यु भएको थियो।
स्टिलफोन्टेनबाट निकालिएका कमजोर, अशक्त पुरुषमध्ये लगभग ६० प्रतिशत मोजाम्बिकी नागरिक थिए। अन्य धेरै जिम्बाब्वेबाट आएका थिए।
'अधिकांश दक्षिण अफ्रिकी या त रोजगारमा छन् वा सरकारी अनुदान पाएका छन्। उनीहरूलाई अनौपचारिक खानीमा काम गर्न आवश्यक छैन,' विटवाटरस्याण्ड विश्वविद्यालयका मानवशास्त्रका प्रोफेसर रोबर्ट थोर्नटनले भने, 'प्रशोधित चट्टानमा प्रतिटन सातदेखि १५ ग्रामसम्म सुन पाइन्छ।'
दक्षिण अफ्रिकी पत्रकार किमोन डे ग्रिफका अनुसार खाना र पानी ‘भेन्टिलेसन साफ्ट’मार्फत पठाउँदा मात्र सुन खानीमा काम गर्नहरूले खान पाउने बताउँछन्।