काठमाडौं। उच्च स्तरका निर्माण समाधानका अग्रणी निर्माता बृज एडिटिभ्सले नयाँ उत्पादनको शृङ्खला सुरु गरेको छ। यो शृङ्खलामा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्तक मोर्टार, वाल पुटिन र वाटरप्रुफिङ सिस्टम समावेश छन्। यो घोषणा बृज एडिटिभ्सको नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकता पूरा गर्न नवीन समाधान प्रदान गर्ने प्रतिबद्धताको हिस्सा हो।
सय वर्षदेखि नेपाली व्यवसायमा विश्वासिलो नाम केडिया अर्गनाइजेशन हिस्सा रहेको बृज एडिटिभ्स्ले गत तीन वर्षदेखि अत्याधुनिक प्रविधिवाट स्वदेशी उत्पादन निरन्तर उत्पादन गर्दै आएको छ। हाम्रा उत्पादनाहरू उत्च्च प्रदर्शन, मजबुत टिकाउपन, र उच्च स्तरको स्थायित्व प्रदान गर्नका लागि इन्जिनियर गरिएको छ, जसले देशभर सुरक्षित र मजबुत पूर्वाधार विकासमा योगदान पुन्याउने बताइएको छ।
बृज एडिटिस प्रालिका प्रबन्ध निर्देशक रञ्जन कुमारले भने, ‘हामी आज केडिया अर्गनाइजेसन उद्योगले सामना गरिहेका चुनौती पूरा गर्न विशेष रूपमा तयार गरिएका नयाँ निर्माण सामग्री बजारमा ल्याउन पाउँदा उत्साहितसहित नवीनता र गुणस्तर हाम्रो प्रत्येक कार्यको केन्द्रमा छन्। यो नयाँ उत्पादन शृङ्खला नेपालको निर्माण अभ्यास सुधार गर्न हाम्रो प्रतिबद्धताको प्रमाण हो।’
यस नयाँ सुरुवातसँगै बृज एडिटिभ्स प्रा.लि. नेपाली निर्माण सामग्री उद्योगमा आफ्नो स्थान कायम जारी राखेको छ। नयाँ उत्पादन शृङ्खलाले उच्च गुणस्तरका समाधान मात्र प्रदान गर्दैन। आफ्नो विश्वासमा सुनिश्चितसमेत गर्दछ।
यस्ता छन् सामाग्रीः
१. टाइल एडिसिनः उच्च प्रदर्शन गर्ने टाइल एडिसिध, जुन सबै प्रकारका टाइलिंग कार्यका लागि मजबुत र लचिलो टाइल फिक्सेसन सुनिश्चित गर्दछ।
भित्ताको टाइलका लागि सिरामिक टाइलको एडहेसिभ हो। जुन आन्तरिक क्षेत्रमा प्रयोग गरिन्छ। यो सिमेन्ट आधारित सतहमा ठाडो (भित्तामा) आवेदनका लागि उपयुक्त छ। यसलाई सुक्खा मिक्स मोर्टारको रूपमा आपूर्ति गरिन्छ। जसमा आवेदनअघि पानी थप्न आवश्यक हुन्छ। यो भिट्रिफाइड टाइल भारी मार्बल/प्रानाइट आदि जस्ता घना र चिल्लो कंक्रिट सतहमा टाइल टाँस्न अत्यन्तै उपयुक्त हुन्छ।
२. फ्लोर हार्डनरः फ्लोर हार्डनर विशेष प्रकारको सामग्री हो। जुन कंक्रिटको सतहलाई अधिक टिकाउ र प्रतिरोधी बनाउन प्रयोग गरिन्छ। यो सामान्यतया उच्च यातायात क्षेत्रमा औद्योगिक फ्लोर, गोदाम र पार्किङ स्थलमा प्रयोग गरिन्छ। जहाँ कंक्रिटको सतहलाई घर्षण, प्रभाव र रासायनिक पदार्थबाट बचाउन आवश्यक हुन्छ।
३. रिपेयर कंक्रिटः हाम्रो उन्नत कंक्रिट मर्मत समाधानले मौजुदा संरचनामा रहेका फाँट र क्षतिलाई सम्बोधन गर्दछ। जसले तिनको आयु बढाउँछ।
४. ब्लक मोर्टारः ब्लक मोटार एक विशेष प्रकारको मोर्टार हो। जुन ब्लकले संरचना निर्माण गर्दा तिनलाई आपसमा जोड्न प्रयोग गरिन्छ। यो सामान्यतया सिमेन्ट, बालुवा र पानीको मिश्रणबाट तयार गरिन्छ। जसले बलियो बन्धन र स्थायित्व सुनिश्चित गर्छ।
५. वाटरप्रफिङ सिस्टमः यो उन्नत वाटरप्रूफिङ समाधानभित्र र बाहिर दुवै प्रकारका एप्लिकेसनका लागि पानीको छिरकनविरुद्ध उत्कृष्ट सुरक्षा प्रदान गर्दछ।
६. टाइल ग्राउटः विशेष गरी टाइलमा रहेको खाली स्थानमा भर्न र टाइल तथा कंक्रिट संरचनाको दीर्घकालीन स्थिरता सुनिश्चित गर्न बलियो बनाउन डिजाइन गरिएको हुन्छ। जसमा तिन प्रकारको टाइल ग्राउट रहेको छ।
७. रेडी मिक्स प्लास्टरः रेडो मिक्स प्लास्टर पूर्वमिश्रित प्लास्टर हो। जुन निर्माण स्थलमा तुरुन्त प्रयोग गर्न तवार हुन्छ। यसलाई सिमेन्ट, बालुवा र रासायनिक एडिटिभको मिश्रणबाट तयार गरिन्छ। जसले प्लास्टरको गुणस्तर र प्रदर्शन सुधार गर्छ।