काठमाडौं। नेपालमा डिजिटल शिक्षालाई अगाडि बढाउन र प्रतिभा विकासलाई बढावा दिन नेपालस्थित चिनियाँ दूतावासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा गण्डकी प्रदेशमा पहिलो पटक स्मार्ट कक्षा सुरु गरेको छ।
हुवाबेको अत्याधुनिक शैक्षिक प्रविधिले सुसज्जित कक्षा कोठा माघ ६ गते लमजुङको क्ह्लोसोथार गाउँपालिकास्थित बुद्धोदय माध्यमिक विद्यालयमा आधिकारिक रूपमा उद्घाटन गरिएको थियो।
परियोजनामा प्रमुख साझेदारको रूपमा हुबावेले अत्याधुनिक सिकाइ समाधान प्रदान गरेको छ, जसमा हुबावे आइडिया हब, ल्यापटप, डेस्कटप, वाईफाई, पूर्वाधार र समग्र अनलाइन सिकाइ प्लेटफर्म समावेश छन्।। यो पहलले डिजिटल खाडललाई कम गर्न मद्दत गर्दछ, जसले दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च(गुणस्तरको शैक्षिक सामग्रीमा पहुँच र विश्वव्यापी स्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्दछ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो पहलले ग्रामीण नेपालमा डिजिटल खाडललाई कम गर्ने र शैक्षिक अवसर बढाउने दिशामा एक महत्वपूर्ण कदमको संकेत गर्ने बताए। ‘बुद्धदया माध्यमिक विद्यालयमा उन्नत प्रविधि ल्याउन चिनियाँ दूतावास, हुबावे नेपाल र सञ्चार मन्त्रालयबीचको सहकार्यको प्रशंसा गर्दछु, जसले विद्यार्थीलाई डिजिटल युगमा सफल हुन आवश्यक सीप प्रदान गर्नेछ,’ उनले भने।
नेपालका लागि चीनका राजदूत चेन सोङले यो परियोजना चीन(नेपाल सहयोग र डिजिटल शिक्षा बढाउने प्रतिबद्धताको प्रदर्शन रहेको बताए। उनले भने, ‘बुद्धोदय माध्यमिक विद्यालयलाई नवीनतम स्मार्ट कक्षाकोठा समाधानले सुसज्जित गरेर प्रतिभाको अर्को पुस्तालाई बढावा दिने प्रविधिमार्फत शिक्षामा रहेको खाडललाई कम गर्ने लक्ष्य राख्छौं। नेपालभरि यस्तै पहलका लागि तत्पर छौं।’
हुबावे नेपालका प्रमुख प्राविधिक अधिकृत ली सियाओवेईले परियोजनाबारे प्रकाश पारे। उनले भने, ‘हुबावेमा हामी जीवन सुधार गर्न प्रविधिको शक्तिमा दृढ विश्वास गर्छौं। चिनियाँ दूतावास र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपालसँगको यो सहकार्य ग्रामीण नेपालका विद्यार्थीले आधुनिक शैक्षिक उपकरण र स्रोत पहुँच गर्न सक्ने सुनिश्चित गर्न एक महत्त्वपूर्ण कदम हो।’
नेपालको डिजिटल नेपाल फ्रेमवर्क अनुरूप, हुवावे देशको आईसीटी इकोसिस्टमलाई सुदृढ पार्न र दिगो, प्रविधि(संचालित समाधान प्रदान गर्नेछ।