काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति माघ ५ गते ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२५ भव्यतापूर्वक सम्पन्न गरेको छ। सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा ‘एम.डी.आर.टी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ।
कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक शक्ति कुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिएक थिए। उनले आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलोमा पु¥याउने गरी काम गर्न आग्रह गरेका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको बताउँदै आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीलाई बलियो उपस्थित बनाउन आग्रह गरे।
कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्तालाई बधाई दिँदैै शुभकामना दिए। उनले सम्मानित भएका सबै अभिकर्ता अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिन सकिने बताए।
विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीको प्रभाव नेपालमा पनि परेको बताउँदै उनले कठिन समयका बावजुद अभिकर्ताले राम्रो काम गरेको धारणा व्यक्त गरेका थिए। पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कार्यक्रम भव्य र सभ्य भएको बताए।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका गर्न अभिकर्ताले मेहनत गरेको बताउँदै धन्यवाद दिएका थिए। नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको उनको दाबी थियो।