काठमाडौं। लिजेण्ड प्रोपर्टीका परियोजनामा ग्लोबल आईएमई बैंकले पनि साथ दिएको छ।
लिजेण्ड प्रोपर्टीले काठमाडौंसहित विभिन्न ठाउँमा तयार पारेको जग्गा विकास आयोजनाहरुमा ग्राहकहरुलाई सहज र सरल रुपमा ऋण दिन ग्लोबल आईएमई बैंक पनि तयार भएको हो।
छिटो, छरितो गरी सुलभ ब्याजदरमा ऋण दिने विषयमा सोमबार बैंक र लिजेण्ड प्रोपर्टीबीच सम्झौता भएको छ। सम्झौतामा बैंकको तर्फबाट चिफ एसएमी रिटेल चित्रकुमार चालिसे, चिफ एसएमी एग्रिकल्चर नरहरी सिलवाल र लिजेण्ड प्रोपर्टीका तर्फबाट अध्यक्ष प्रविण कुस्मा, प्रवन्ध निर्देशक रविन चाम्लिङ राई, चिफ इन्जिनियर दिनेश पोखरेल र बजार प्रमुख उज्वल भण्डारी सहितको उपस्थिति रहेको थियो।
यसअघि लिजेण्डले नबिल बैंक, हिमालयन बैंक र लुम्बिनी विकास बैंकसँग सम्झौता गरिसकेको छ। लिजेण्ड प्रोपर्टीले आफ्ना आयोजनाहरु नेपाल सरकारको नीति नियम र मापदण्डहरुलाई पूरा गरी जग्गा विकास आयोजनाहरु निर्माण गर्दै खरिद बिक्री गर्दै आएको छ। यसअन्तर्गत ६ वटा जग्गा विकास आयोजना सञ्चालनमा छन।
काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा रहेका छन्।
भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८९ रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको ८५ प्रतिशत जग्गा बिक्री भइसकेको छ।
सिपोडोलमा रहेको भाइरल जग्गा विकास आयोजना करिब ४०० रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको पनि ७५ प्रतिशत जग्गा बिक्री भइसकेको छ।
चागुनारायण नगरपालिकाको कलामशे जग्गा विकास आयोजना सरकारी प्रक्रिया पूरा गरी बुकिङको लागि खुला गरिएको छ। यो आयोजना ७० रोपनी क्षेत्रफलमा फैलिएको छ।
त्यसैगरी दक्षिणकाली नगरपालिकाको चाङ्लाखेलमा निर्माण भइरहेको जग्गा विकास आयोजना सरकारी प्रक्रियाको अन्तिम चरणमा रहेको छ। यहाँ ६५ रोपनी क्षेत्रफलमा आयोजना निर्माण हुँदैछ।
काभ्रेको बालुवामा रहेको नयाँ गाउँ जग्गा विकास आयोजना करिब २४० रोपनी क्षेत्रफलमा फैलिएको आयोजना स्वीकृति र निर्माणको प्रक्रियामा रहेको छ। यसैगरी अर्को आयोजना पर्यटकीय क्षेत्र कास्कीको पोखरामा समेत विस्तार गरिँदैछ।
जग्गा विकास आयोजना गर्दा आफ्नो जग्गासँगै स्थानीय जग्गा धनीलाई समेत सहभागिता गराउँदै आइएको छ। सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग समेत समन्वय गर्दै आफ्नो आयोजनालाई अगाडि बढाउँदै आएका छ।
लिजेण्ड प्रोपर्टी प्राइभेट लिमिटेड सरकारी मापदण्ड पूरा गर्नु पर्दछ भन्ने कुरामा सजक रहँदै सरोकारवाला सबै पक्षसँग सार्वजनिक सुनुवाइ गर्दै जग्गा विकास आयोजना निर्माण गर्दै आएको छ।