काठमाडौं। चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन ९८१८.८ मिलियन अमेरिकी डलर० लगानी प्राप्त गरेको छ। यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको छ।
२०२५ मा नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ, बिक्रीलाई दोब्बर पार्ने योजना बनाउनेछ। नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो।
चाइना ईभी डाटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१,५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२५ को वार्षिक गिरावट देखिएको थियो। यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन्।
डु न्युज रिपोर्टअनुसार नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ। रिपोर्टका अनुसार राज्य(स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक क्याटलले यो लगानीमा सहभागिता जनाएका छन्।
२०२३ को जनवरीमा नेटा क्याटलको बेडरक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो। नेटाको क्रसोभर क्याटलको ब्याट्री ९सोडियम मिसिएको० प्रयोग गर्ने पहिलो मोडलमध्ये एक हो। यसले नेटा र क्याटलबीच लामो साझेदारी रहेको देखाउँछ।
नेटाको अन्तर्राष्ट्रिय बजारमा ध्यान
२०२५ जनवरी १७ मा नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा, कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ। गत वर्ष, नेटाले अन्तर्राष्ट्रिय देशमा ३०,००० युनिट गाडी बेचेको थियो।
अहिलेको लक्ष्य भनेको ६०,००० युनिट बिक्री हो। नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना साझा गरेको थियो।
घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ। हाल नेटाले दक्षिणपूर्व एसिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशमा १८० बिक्री च्यानल विस्तार गरेको छ।