एक दशकभन्दा लामो समयसम्म चीन एउटा चिन्ताले ग्रसित बन्यो । त्यो चिन्ता थियो– उसको अर्थतन्त्र विकसित मुलुकहरुको आम्दानी स्तरभन्दा तल रहेर अड्किने हो कि भन्ने । तर अहिले चीनको अर्थतन्त्रले यो त्रासलाई जितिरहेको छ । आर्थिक वृद्धि तीव्र रुपमा अगाडि बढिरहेको छ। अन्य मध्यम अर्थतन्त्र भएका मुलुकहरुको भन्दा राम्ररी गइरहेको छ ।
अन्वेषण पनि भइरहेका छन् । चीनको आर्थिक विकासको प्रमुख मोडल रहेको विश्व भ्यालु चेनसँग देशको अर्थतन्त्रलाई मिलाउने मोडालिटीमाथि विभिन्न दिशाबाट आक्रमण भइरहेको छ । तर यो चुनौतीलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने कुराले चीन र विश्वको आर्थिक विकासको गति र प्रकृतिलाई निर्धारण गर्छ ।
२००८ को वित्तीय संकटअघिको समय ग्लोबल भ्यालु चेन तीव्र रुपमा विस्तार भइरहेको थियो, जसमा ७० प्रतिशत अन्तर्राष्ट्रिय व्यापारले ओगटेको थियो । तर, २००८ देखि ग्लोबल भ्यालु चेन कमजोर र विस्तारै ओरालो लाग्दै गयो ।
यो परिवर्तन हुनुका पछाडि चीन प्रमुख कारक हो । उसले घरेलु उत्पादनलाई बढाएर विदेशी वस्तुको उपभोग ह्वात्तै घटाएपछि र मध्यम वस्तुको निर्यातलाई बढाएपछि यस्तो अवस्था आएको हो ।
परिणामस्वरुप कुनै समय ग्लोबल भ्यालु चेनमा ठूलो सेयर लिएको एसिया, जुन चीनका लागि मध्यम स्तरीय वस्तुको ठूलो निर्यातक हो । ऊ अहिले यो चेनमा न्यून आकारमा सीमित भएको छ । त्यही“ समय युरोपभित्रको भ्यालु चेनलाई छाडेर युरोपको निर्भरता चीनमाथि बढेको छ ।
आज सक्षम सावित भइसकेको सीमापार उत्पादन–व्यापार सिस्टमको भविष्य सन्तुलनमा छ । यस्तो सिस्टम निश्चित प्रविधि र गहिरो रुपमा वृद्धिको मोडलसँग जोडिएको छ । तर यी पनि सामाजिक र राजनीतिक मिलान हुन्, जसले भूराजनीतिक र भूआर्थिक द्वन्द्वमा भ्यालु चेनलाई थप कमजोर बनाएको छ । यो कमजोरीका कारण चिनियाँ खेलाडीहरुले आफ्नै सप्लाइ चेन बनाउँदै छन् ।
अमेरिकाले पनि ग्लोबल भ्यालु चेनमा आफ्नो सेयरलाई घटाएर चीनको ‘इन्टरमिडियट’ वस्तुको खपतलाई बढाएको छ । ब्रुगेलको एलिसिया गारसिया हेरिरोका अनुसार यसको समग्र प्रभाव भनेको विश्वमाथि चीनको निर्भरता घट्नेछ भने विश्वको निर्भरता चीनमाथि बढ्नेछ ।
आज सक्षम सावित भइसकेको सीमापार उत्पादन–व्यापार सिस्टमको भविष्य सन्तुलनमा छ । यस्तो सिस्टम निश्चित प्रविधि र गहिरो रुपमा वृद्धिको मोडलसँग जोडिएको छ । तर यी पनि सामाजिक र राजनीतिक मिलान हुन्, जसले भूराजनीतिक र भूआर्थिक द्वन्द्वमा भ्यालु चेनलाई थप कमजोर बनाएको छ ।
यो कमजोरीका कारण चिनियाँ खेलाडीहरुले आफ्नै सप्लाइ चेन बनाउँदै छन् । कहाँ, कुन वस्तु तथा सेवा उत्पादन गर्ने भनेर काम गरिरहेका छन् । यसले ग्लोबल भ्यालु चेनको महङ्खवलाई घटाउँछ । यसबाहेक चीन आफ्नै आर्थिक वृद्धि मोडललाई पनि परिवर्तन गरिरहेको छ ।
उसले आफ्नो ‘ग्रोथ’ मोडललाई लगानीदेखि अन्वेषणप्रेरित मोडलतिर सिफ्ट गर्दै छ । यो परिवर्तनको गन्तव्यमा पुग्न चीनलाई धेरै अन्वेषणको खाँचो छ । चिनियाँ वित्तीय प्रणालीले अझै पनि साना कम्पनीलाई ऋण दिने कुरामा चुनौती सामना गरिरहेको छ । तर यहाँको खास समस्या भनेको न्यून उत्पादन क्षेत्रलाई सहायता समाप्त हुँदै जाँदै छ । यसकारण यहा“ स्वस्थ प्रतिस्पर्धा लागू गर्न महङ्खवपूर्ण बन्दै गएको छ ।
अझ व्यापक रुपमा हेर्दा तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिले हालको भ्यालु चेनमाथि निरन्तर चुनौती थपिरहेको छ । सेवा तथा वस्तु प्रसार अहिले सूचना प्रसारमा सिफ्ट भइरहेको अवस्थामा यो चेन आफ“ै ठूल्ठूला बहुराष्ट्रिय कर्पोरेट संरचनाबाट नियन्त्रित भइरहेको छ ।
प्रविधि परिवर्तनको गतिले रोजगारदाता, अवसर, पेसामा फेरबदल ल्याउँदै छ । यसले कालान्तरमा मानिसका लागि अनिश्चितता बढाएको छ । देशभित्र नै असमानता बढिरहेको छ । विश्वभरि नै हालको विकासको ढाँचाले सहरी तथा क्षेत्रीय समानतालाई मजबुत बनाइरहेको अवस्थामा चीन पनि यसबाट अछुत रहन सकेको छैन ।
यसले पहिलेदेखि विशिष्टीकरणका कारण बढेको फुटलाई मजबुत बनाएको छ । आजभोलि पूरै कार निर्माण गर्नुको सट्टा एक देशले कुनै एक पार्ट्सलाई मात्र बनाउन जोड दिइरहेको छ, भ्यालु चेनको हिस्सा बन्नलाई । तर रोबोटाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्सले उत्पादन हुने ठाउँमा पनि एक किसिमको परिवर्तन ल्याइरहेको छ । त्यसलै चीन भविष्यको भ्यालु चेनको आकारलाई नियन्त्रण गर्न प्रविधिमा व्यापक लगानी गरिरहेको छ ।
प्रविधि परिवर्तनको गतिले रोजगारदाता, अवसर, पेसामा फेरबदल ल्याउँदै छ । यसले कालान्तरमा मानिसका लागि अनिश्चितता बढाएको छ । देशभित्र नै असमानता बढिरहेको छ । विश्वभरि नै हालको विकासको ढाँचाले सहरी तथा क्षेत्रीय समानतालाई मजबुत बनाइरहेको अवस्थामा चीन पनि यसबाट अछुत रहन सकेको छैन ।
मध्यम जनशक्तिका रोजगारी हराएर जाँदै गर्दा दुवै अत्याधुनिक तथा उदीयमान अर्थतन्त्रमा नै श्रमबजार धु्रवीकरण हुँदै छ । परिणामस्वरुप सामाजिक तनावले ‘पपुलिज्म’ लाई बल पु¥याइरहेको छ ।
यसका बाबजुद ग्लोबल भ्यालु चेन र त्यसमा चीनको भूमिकामा खतरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका कारण आइरहेको छ । भ्यालु चेनको महङ्खवपूर्ण हिस्साबाट चीनका सामग्रीलाई अलग्याउनु खोजेर अमेरिकाले उसलाई थप एकल तथा आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ ।
चीन र अमेरिकाको अर्थतन्त्र कति नजिक जोडिएको थियो भनेर जान्दाजान्दै पनि यस्तो अमेरिकी कदमका कारण दुवै मुलुकले मूल्य चुकाउनु परेको छ । यस्तोमा विश्वलाई पर्ने दीर्घकालीन जोखिमलाई अतिरञ्जित बनाउन सकिन्न । चिनियाँ उत्पादकका लागि राम्रो बाटो भनेको आफ्नै भ्यालु चेन बनाएर जानु हो, जसले गर्दा उनीहरु आत्मनिर्भर भएर आफ्ना कमजोरी कम गर्न सकून् ।
ग्लोबल भ्यालु चेनमा चीनको सहभागितामाथि अमेरिकाको एकपक्षीय चुनौतीले उसलाई थप सक्रिय भूमिका निर्वाह गरेर २१औ“ शताब्दीका लागि अर्को नयाँ बहुपक्षीयताको रचना गर्न हौस्याउन सक्छ । हाल जारी व्यापार तथा प्रविधिको युद्धले चीनलाई एसियामा उसको उत्पादन सञ्जाललाई विस्तार गर्न अवसर प्रदान गरेको छ ।
यसले चीनको प्रभावबाट चिन्तित एसियाली मुलुकमाझ उसको प्रयासलाई समझदारी पूर्ण तरिकाले लिइनेछ । आर्थिक स्वार्थ भने अझै पनि रहिरहनेछ । तर अन्तिम प्रश्न भनेको के चीनले एसियाको प्रविधिको मानकलाई निर्धारण गर्न सक्ला ? यदि त्यस्तो भयो भने बाँकी विश्वमा यसको प्रभाव कस्तो पर्ला ?
एउटा कुरा के भने मध्यम अर्थतन्त्रको ट्रयापबाट बाहिर निस्किसकेका मुलुकमा चीनको अन्वेषण निर्देशित अर्थतन्त्रबाट भएको परिवर्तनले प्राविधिक विचलनको सामना गर्नुपर्नेछ ।
घरेलु सिर्जनात्मक विध्वंस बढेपछि सामाजिक तथा राजनीतिक तनाव पनि बढेर जान्छ । अमेरिकाले सुरु गरेको बहुपक्षीयताको हालको ‘ब्रेकडाउन’ बाट चीन सधै“ कमजोर रहनेछ भने बाँकी विश्व पनि कमजोर रहनेछ ।
चिनियाँ सरकारले अमेरिकी तनावको कारण आफूहरुको राजनीतिक प्रणालीमा भएको भिन्नता हो भनेर बुझ्नुपर्छ । चीनले आफ्नो सर्वसत्तावादी मोडलमा लचकता नल्याएसम्म विश्व अर्थतन्त्रमा हुने परिवर्तन राम्ररी जान सक्दैन ।
(प्रोजेक्ट सिन्डिकेट) क्यापिटल म्यागजिनबाट