काठमाडौं। कियाले दिल्लीमा चलिरहेको भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी-६ फेसलिफ्ट प्रदर्शन गरेको छ। अटो एक्स्पो २०२५ मा प्रर्दशनीमा राखेको ईभी ६ मार्चमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।
किया ईभी-६ दुई भेरियन्ट उपलब्ध हुनेछ। कम्पनीले यसलाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभमा आउने जनाएको छ। कियाले प्रर्दशनीमा राखेको ईभी-६ मा ८४ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसले एक पटकको फुल चार्जमा ६५० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। ईभी-६ ३५० किलोवाटको फास्ट चार्जरबाट चार्ज गर्दा १८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ। कियाले यसको बुकिङ पनि सुरु गरिसकेको छ।
किया ईभी-६ मा परिमार्जित लुक्स र नयाँ सुविधाको अलावा, इलेक्ट्रिक गाडीमा अद्यावधिक मेकानिकल पनि छन्। यसको साइजमा भने कुनै परिवर्तन भएको छैन। यसको लम्बाई ४६९५ एमएम, चौडाई १८९० एमएम र उचाई १५५० एमएम छ। यसको ह्वीलबेस पनि पहिले जस्तै २९०० एमएम छ।
यसमा थपिएको नयाँ फिचर्सको कुरा गर्दा यसमा एलईडी डेटाइम रनिङ ल्याम्पलाई त्रिकोणीय बत्तीले प्रतिस्थापन गरिएको छ। तल्लो ग्रिलसहित बम्परमा साना परिवर्तनले यसलाई थप आकर्षक बनाएको छ। टेल-लाइट र रियर बम्परमा पनि थोरै परिवर्तन गरिएको छ।
दुई-स्पोक स्टेयरिङ ह्वीलले दायाँ छेउमा नयाँ किया लोगो देखिन्छ। कार स्टार्ट गर्न फिंगर प्रिन्ट सेन्सर थपिएको छ। ड्राइभिङमा मद्दत गर्न ईभी-६ मा हेडअप डिस्प्ले र डिजिटल रियरभ्यू मिररको साथ आउँछ। यसबाहेक त्यहाँ एआई आधारित नेभिगेसन समर्थन पनि छ।
कियाले कर्भ प्यानोरामिक स्क्रिन राखेको छ। जसमा उपकरण र इन्फोटेनमेन्टका लागि दुई १२.३ इन्च डिस्प्ले छन्। यसले वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जर, भीटुएल क्षमता र ओभर द एयर सफ्टवेयर अपडेट प्रदान गर्ने छ।