काठमाडौं। जेएसडब्ल्यू एमजी मोटर इण्डियाले भारत मोबिलिटी ग्लोबल अटो एक्सपो २०२५ मा म्याजिष्टर एसयूभी प्रदर्शन गरेको छ। अटो एक्स्पोमा प्रदर्शन गरको यसयूभी एमजी ग्लोष्टरको फेसलिफ्ट मोडेल हो। कम्पनीले म्याजिष्टर र ग्लोष्टर दुवै मोडलको बिक्री जारी राख्ने जनाएको छ।
म्याजिष्टरमा ब्ल्याक-आउट ग्रिल र सामान्यभन्दा ठूलो एमजी लोगो देख्न सकिन्छ। ग्रिलको दुवै छेउमा स्प्लिट हेडलाइट सेटअप छ। स्लिम एलईडी डेटाइम रनिङ लाइट र तल ठाडो हेडलाइट छन्। यसमा डायमण्ड कट ५ स्पोक १९ इञ्च अलोय ह्वील, कालो बडी क्ल्याडिङ छन्।
भारतमा परीक्षणमा रहेको म्याजिष्टर इन्धन गाडी हो। यसमा फ्री-स्ट्यान्डिङ १२.३ इञ्च इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल क्लष्टर र केबिनका लागि सबै थिम समावेश छन्। ग्लोष्टरले प्यानोरामिक सनरुफ, मसाज गर्ने ड्राइभर सिट पावर समायोजन, तातो प्यासेन्जर सिट, थ्री-जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, १२ स्पिकर अडियो सिष्टम र इलेक्ट्रिक टेलगेट जस्ता सुविधाहरू पाउन सकिन्छ।
म्याजेष्टर ग्लोष्टरको फेसलिफ्ट भएकाले यी सबै सुविधा म्याजिष्टरमा पनि हुने अनुमान गरिएको छ। म्याजिष्टरमा सेफ्टी सुइटमा लेभल २ एडीएएस, ३६० डिग्री क्यामेरा, अटो हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ र अटो होल्ड भएको इलेक्ट्रोनिक पार्किङ ब्रेक समावेश हुने छन्।
म्याजिष्टरको मूल्य ४० लाखदेखि ४५ लाख भारूसम्म हुने अनुमान गरिएको छ। ग्लोष्टर जस्तै, म्याजिष्टरले टोयोटा फोच्र्युनर, जीप मेरिडियन, स्कोडा कोडियाक र निसान एक्स-ट्रेलसँग प्रतिस्पर्धा गर्ने छ।