काठमाडौं। अमेरिकामा टिकटक बन्द भएको छ। प्रतिबन्ध लागू हुनुअगाडि नै टिकटकको सेवा बन्द भएको हो। सामाजिक सञ्जाल प्लेटफर्मलाई प्रतिबन्ध लगाउने संघीय कानुन लागू हुनुभन्दा प्रमुख एप स्टोरहरूबाट टिकटकको एप हटाइएको थियो।
स्थानीय समयअनुसार शनिबार राति १०ः५० बजे टिकटक एप एप्पल र गुगलको एप स्टोरबाट हटाइएको थियो। चिनिया कम्पनी बाइटडान्सलाई प्लेटफर्म बेच्न वा अमेरिकी प्रतिबन्धको सामना गर्न आवश्यक पर्ने कानुनअन्तर्गत प्लेटफर्म उपलब्ध गराउन निषेध गरिएको हो।
‘अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन लागू गरिएको छ,’ टिकटकले एक सूचना जारी गर्दै भनेको छ, ‘यसको अर्थ तपाईंले अहिलेको लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न। तथापि, हामी भाग्यशाली छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटकलाई पुनर्स्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत मिलेको छ।’
सोमबारदेखि राष्ट्रपतिका रूपमा दोस्रो कार्याकाल सुरु गर्न लागेका डोनाल्ड ट्रम्पले भने टिकटकका लागि ९० दिनको थप समय दिनेबारे घोषणा गर्न सक्ने अनुमान गरिएको छ। टिकटककै सूचनामा पनि ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेपश्चात यस विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ।
राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले उल्लेख गरेअनुसार उनको पदभार ग्रहणपछि कम्तिमा ९०–दिनको पुनरावृत्ति दिनेछन्। एनबीसीसँगको कुराकानीमा ट्रम्पले भनेका छन्, ‘९० दिनको विस्तार भनेको सम्भवतः पूरा हुने कुरा हो। किनभने यो उपयुक्त छ। यदि, मैले त्यसो गर्ने निर्णय गरें भने, म यो सोमबार घोषणा गर्ने छु।’
गत वर्ष पारित गरिएको कानुनलाई शुक्रबार त्यहाँको सर्वोच्च अदालतले समर्थन गरेको छ। प्लेटफर्मले आइतबारसम्म आफ्नो चीनमा आधारित अभिभावक बाइटडान्ससँग सम्बन्ध तोड्न वा राष्ट्रिय सुरक्षामा खतरा हुने चिन्ता समाधान गर्न भनेको थियो।
मेरिकी सर्वोच्च अदालतले आफ्नो आदेशमा उक्त चिनियाँ भिडिओ शेयरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतवारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो। तर, यो पाटोमा टिकटक अगाडि नबढ्दा प्रतिबन्धको सामना गर्नुपरेको हो।