काठमाडौं। सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर लञ्च गरेको छ।
सीजी मोटर्सद्वारा बिर्तामोडस्थित आफ्नो आधिकारिक बिक्रेता, पीटूआर अटो जोनमा एक भव्य कार्यक्रमको आयोजना गरी नयाँ मोटरसाइकलको रिजनल लञ्च कार्यक्रम सम्पन्न गरेको हो ।
मोटोकर्पले एक्स्ट्रिम रेञ्जमार्फत नेपालका आधुनिक राइडरको परिस्कृत माग तथा आवश्यकता पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन आधारित मोटरसाइकलको चाहना पूरा गर्ने उद्देश्य लिएकोे छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्राण्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो)को मूल्य ३ लाख ८४ हजार ९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० र एबीएस भेरियण्टका लागि ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।
सार्वजनिक यी दुवै मोडेल नवलपरासीस्थित सीजी इण्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस मोटरसाइकल र जुम ११० स्कुटरसँगै असेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
हीरो मोटरसाइकल तथा स्कुटर २ डब्ल्यु नेपालको प्रतिष्ठित तथा लोकप्रिय बाण्डमा गनिन्छ । कम्पनीले सुपर स्प्लेण्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्राण्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी गु्रप नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो ।