काठमाडौं। शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले तीनदिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्ने भएका छन्। बृहत् अटोमोबाइल प्रदर्शनी ५ देखि ७ माघसम्म पोखरा इभेन्ट सेन्टर बुलौदी, लेकसाइडमा आयोजना गरिने भएकाे हाे।
निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डकाे अधिकृत डिलर ‘एलिट मोटर्स तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर एसएसएल मोटर्सद्वारा आयोजना हुने तीनदिने कार्यक्रममा सहभागीले विभिन्न सवारीसाधनको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन्। आकर्षक छुट तथा डिस्काउन्टको अवसर प्राप्त गर्नेछन्।
शारडा ग्रुपले ओमोडा, जेइको, जिकर इभी सेग्मेन्ट र निसान म्याग्नाइट पेट्रोल संस्करणका पछिल्ला मोडल प्रदर्शन गर्नेछ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रन इसी३ जस्ता अत्याधुनिक विद्युतीय सवारीसाधन प्रदर्शन गर्नेछ।
सहभागीले सवारी साधनको टेस्ट ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८०५ सम्मको फाइनान्सिङसहितको वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था हुनेछ।
कार्निभलले सहभागीलाई प्रख्यात गाडीका ब्रान्डको नवीनतम मोडलको उत्साहजनक टेस्ट ड्राइभका साथै र बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरको लाभ लिन महत्वपूर्ण अवसर प्रदान गर्नेछ। सहभागीले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन्।
हरेक गाडी खरिदमा निःशुल्क एसेसरिजको सुविधा र कम्प्लिमेन्टरि ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश रहेको छ। विद्युतीय सवारी साधन खरिद गर्नेलाई घरमा नै सहज चार्जिङका लागि निस्शुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ।