काठमाडौं। चिनियाँ अधिकारीले भिडियो सेयरिङ प्लेटफर्म टिकटक चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानुनको सामना गरिरहेको बेला अर्बपति एलन मस्कलाई अमेरिकी टिकटक सञ्चालन बेच्ने सम्भावना खोजिरहेको ब्लुमबर्ग न्युजले जनाएको छ।
यस मामिलासँग परिचित अज्ञात व्यक्तिलाई उद्धृत गर्दै रिपोर्टले बेइजिङमा छलफल भइरहेको एउटा परिदृश्यलाई उल्लेख गरेको छ। त्यहाँ मस्कको सोशल मिडिया कम्पनी एक्सले चिनियाँ मालिक बाइटडान्सबाट टिकटक खरिद गर्ने छ। यसलाई पहिले ट्विटर भनेर चिनिने प्लेटफर्ममा एकीकृत गर्ने छ।
रिपोर्टले टिकटकको अमेरिकी सञ्चालनको मूल्य ४० देखि ५० अर्ब डलरको बीचमा रहेको अनुमान गरेको छ। यद्यपि, मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्तिका रुपमा रहे पनि लेनदेन कसरी कार्यान्वयन गर्न सक्छन् वा उनलाई अन्य सम्पत्ति बेच्नु पर्ने हो कि होइन भन्ने स्पष्ट नभएको ब्लुमबर्गले जनाएको छ।
अमेरिकी सरकारले गत वर्ष एउटा कानुन पारित गरेको थियो। उक्त कानुनअनुसार टिकटक बेच्न वा बन्द गर्न आवश्यक जनाएको थियो। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि यो आइतबार लागु हुनेछ।
चीन र बाइटडान्सले ती दाबीलाई कडा रुपमा अस्वीकार गरेका छन्। टिकटकले अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्दै कानुनलाई चुनौती दिएको छ। अदालतले शुक्रबार मौखिक तर्क सुनेको थियो।
ट्रम्पका निकट सहयोगी मस्कले आगामी चार वर्षमा वासिङ्टनमा प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ। उनले विद्युतीय कार कम्पनी टेस्लाका मालिक पनि हुन्। चीनमा टेस्लाको प्रमुख कारखाना छ।
मस्कसँग ट्वीटर, टेस्लासँगै, विश्वको एक मात्रै निजी रकेट निर्माता कम्पनी स्पेस एक्स, मानवको स्नायु प्राणीसँग सम्बन्धित कम्पनी न्यूरोलिङ्क, इन्टरनेट कम्पनी स्टारलिङ्क जस्ता प्रख्यात कम्पनीहरू रहेको छ। विश्वका सर्वाधिक धनी मस्कसँग ४३० अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ।