काठमाडौं। जनवरी १७ देखि २२ (माघ ४-९)सम्म छिमेकी मुलुक भारतमा भारत मोबिलिटी ग्लोबल एक्स्पो आयोजना हुँदैछ। भारतको राजधानी नयाँ दिल्लीमा हुने एक्स्पोमा सार्वजनिक हुने नयाँ सवारी साधनको सूची सार्वजनिक भएको छ।
बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएका कम्पनीदेखि नयाँ ब्रान्डले समेत आकर्षक र उत्कृष्ट फिचरसहितको सवारी साधन प्रदर्शनमा राख्ने छन्। सन् २०२४ मा एक्स्पो आयोजना गरेको भारतले यस वर्ष त्यसलाई निरन्तरता दिएको हो।
सन् २०२४ को ग्लोबल मोबिलिटी एक्स्पोमा डेढ लाख मानिसले भ्रमण गरेका थिए। ८०० बढी प्रदर्शकले प्रदर्शनीमा भाग लिएका थिए। उक्त एक्स्पोमा ५०० बढी अन्तर्राष्टिय प्रतिनिधिको सहभागिता थियो।
उल्लेख्य मानिसको उपस्थिति रहने भएकाले महिनौदेखि एक्स्पोमा सवारी लन्च गर्ने प्रतिक्षामा धेरै ब्राण्ड थिए। यस वर्षको भारत मोबिलिटी एक्स्पोमा दर्जन हाराहारी नयाँ दुई पाङ्ग्रे सवारी साधन प्रदर्शन हुने तय भइसकेको छ।
हिरो एक्सपल्स २१०
हिरोले इक्मा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरेको एक्सपल्स २१० भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीले अटो एक्स्पोलगत्तै यसको बिक्री सुरू गर्ने अनुमान गरिएको छ।
एक्सपल्स २०० फोर भिकै समान डिजाइनमा एक्सपल्स २१० तयार पारेको छ। यसमा धेरै परिर्वतन देख्न पाइने छ। नयाँ एक्सपल्स २१० लाई कम्पनीले अझै अफरोड प्रेरित डिजाइनमा ल्याउन लागेको हो।
यसको फ्युल ट्यांकको डिजाइनमा परिर्वतन गरिएको छ भने ट्यांक एक्स्टेन्सको प्रयोग गरिएको छ। यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ। यो मोटरसाइकलका फ्रन्टमा ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फर्क देख्न सकिन्छ।
२०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ। यो मोटरसाइकलमा स्वीचएबल डबल च्यानल एबीएस, ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्माट कनेक्ट फिचर उपलब्ध छ।
यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ। यसको पावर भने करिज्माकोभन्दा केही कम हो। यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ।
होण्डा मोटर्स
होण्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो दुई इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ। कम्पनीले एक्टिभा ईभी र क्युसी दुई इलेक्ट्रिक स्कुटरको मूल्य सार्वजनिक गर्ने घोषणा गरको छ। कम्पनीले होण्डा एक्टिभा ईमा दुई ब्याट्री प्याक उपलब्ध गराएको छ। जसको कुल क्षमता ३ किलोवाट रहेको छ।
यसमा ६ किलोवाट क्षमताको डाइरेक्ट मोटर जडान गरिएको छ। यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ। होण्डा एक्टिभा एकपटक फुल चार्ज गरेर १०२ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ।
यस्तै, कम्पनीले प्रदर्शन गर्ने क्युसी १ एक्टिभा ईकै डिजाइनमा तयार पारिएको छ। यसमा कम्पनीले १.५ किलोवाट क्षमताको फिक्सड ब्याट्री उपलब्ध रहेको जनाएको छ। यो स्कुटरमा भने चार्जिङ पोर्ट दिएको छ। यो स्कुटरलाई घरमै चार्ज गर्न सकिन्छ।
यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गरेर ८३ किलोमिटरसम्मको रेन्ज पाउन सकिने कम्पनीको दाबी छ। क्युसी १ मा २६ लिटरको अन्डर स्टोरेज, टाइप सी चार्जर, ५ इन्च डिस्प्ले जस्ता फिचर उपलब्ध छन्। कम्पनीले क्युसी १ मा दुई ईको र स्पोर्टस् राइड मोडल उपलब्ध गराएको छ। यसको टप स्पीड ५० किलोमिटर प्रतिघण्टा रहेको छ।
रिभर इन्डेड
रिभर इनर्जीले उत्पादन गरेको रिभर इन्डेड इलेक्ट्रिक स्कुटर भारतमा हुन गइरहेको भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा सार्वजनिक गर्ने योजना बनाएको छ। मस्कुलर बडी डिजाइन भएको यो स्कुटर कम्पनीले पहिलो पटक भारत मोबिलिटी एक्स्पोमा प्रदर्शन गर्ने भएको हो।
बैंग्लोर वेस स्टार्टअप कम्पनी रिभर इनर्जीले मल्टी पर्पस डिजाइनमा तयार पारेको रिभर स्कुटरमा ४ किलोवाट आवरको ब्याट्री प्याक छ। यसमा ६.७ किलोवाट क्षमाताको पावर फुल मोटर जडान गरिएको छ।
यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा छ। रिभर इन्डेड स्कुटले एकपटक फुल चार्ज गरेर १६१ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ। रिभर स्कुटरमा तीन राइड मोड इको, राइड र रस मोड उपलब्ध छ। अफरोडका लागि समेत उपयुक्त हुने रिभर स्कुटरमा १४ इन्चको अलोय ह्विल दिइएको छ।
न्युमेरोस मोटर्स
न्युमेरोस मोटर्सले भारत मोबिलिटी एक्स्पो २०२५ मा इलेक्ट्रिक स्कुटर डिप्लोस म्याक्स लन्च गर्ने जनाएको छ। कम्पनीले डिप्लोस म्याक्स, डिप्लोस प्रो र डिप्लोस आई प्रो गरी तिन भेरियन्टमा आउने जनाएको छ। कम्पनीले आफ्नो इलेक्ट्रिक स्कुटर मोडलमा जडान भएका ब्याट्री तथा मोटर पावरको बारेमा भने केही जानकारी दिएको छैन।
बजार पल्सर एनएक्स १६० फ्लेक्स फ्युल
बजाज पल्सर एनएक्स १६० फ्लेक्स फ्युल पहिलो पटक भारत मोबिलिटी एक्स्पो २०२४ मा प्रदर्शन गरिएको थियो। बजाज इन्डियाले एक्सपोको २०२५ संस्करणमा एनएक्स १६० फ्लेक्स फ्युल लन्च हुने अनुमान गरिएको छ। तर, कम्पनीले भने यसको बारेमा केही खुलासा गरेको छैन।
फ्लेक्स फ्युल एक वैकल्पिक इन्धन हो। वास्तवमा, फ्लेक्स फ्युल पेट्रोल, इथानोल वा मिथेनोल जस्ता इन्धनको मिश्रण हो जुन जलाउँदा कम प्रदुषण हुन्छ। हाल भारत सरकारले ई २० फ्लेक्स फ्युल मात्र बिक्री गर्न अनुमति दिएको छ। ई २० फ्लेक्स फ्युलमा ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथेनोलको मिश्रण हुन्छ।
टिभीएस
टिभीएस रोनिन पहिलो पटक २०२४ मा गोवामा भएको मोटोसोल कार्यक्रममा प्रदर्शन गरिएको थियो। कम्पनीले टिभीएस रोनिन अब आगामी बाइकसुरेन्सको मध्य भेरियन्टबाट डुअल च्यानल एन्टी लक ब्रेकिङ प्रणालीको साथ आउने छ। यसको साथै कम्पनीले टिभीएस आरटीएक्स ३०० एड्भेन्चर पनि प्रदर्शन गर्ने छ।
ओला स्कुटर
ओला इलेक्ट्रिक स्कुटरले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा ओला जेन ३ इलेक्ट्रिक स्कुटर लन्च गर्ने योजना बनाएको छ। कम्पनीले पहिलो पटक ओला जेन ३ मोडलको इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने जनाएको छ।
बिएमडब्लु
बिएमडब्लु ग्रुप इन्डियाले भारत मोबिलिटी एक्स्पो २०२५ मा बिएमडब्लु १३०० जिएस र बिएमडब्लु एस १००० आरआर मोडल लन्च गर्ने योजना बनाएको छ। कम्पनीले यसका अलावा बिएमडब्लु एम १००० एक्सआर, आर १३०० जीएस, एफ ९०० जीएस र एफ ९०० जीएसलगायतका मोडलहरु पनि डिस्प्लेमा राख्ने जनाएको छ।