काठमाडौं। सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै विर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। यी शाखामा ग्राहकले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्याँस चुल्हो, भान्साका उपकरणलगायत इलेक्ट्रोनिक्स उत्पादन पाउन सक्ने छन्।
यी शोरुमहरूमा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्ड एलजी, सिजी, टीसिएल, बेको, केन्टलगायतका उत्पादन उपलब्ध छन्। आफ्ना सामानको प्रदर्शन र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित शोरुम संचालन गरिएको छ।
यस विशेष अवसरमा ग्राहकले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्ने छन्। तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ। नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा ग्राहकको आवश्यकता पूरा गर्न सेवा प्रदान गर्दै आइरहेको कम्पनीले दाबी गरेको छ।
सीजी डिजिटलका नयाँ शाखा सञ्चालनमा आएसँगै कुल संख्या २७ पुगेको छ । जसले देशभरका ग्राहकलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ।