काठमाडौं। अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले जलवायुु परिवर्तन र व्यापारमा दिगोपनाका मुद्दा कुनै देश विशेषभन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेकाले सबै मुलुक मिलेर समाधान गर्नेतर्फ लाग्नुुपर्ने धारणा व्यक्त गरेका छन्।
शनिबार राजधानीमा विश्व व्यापार संगठन(डूुव्लुुटियो) र काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलन उद्घाटन गदै अर्थतन्त्री पौडैलले नेपाल जलवायु परिर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताएका हुन्।
कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरुको समेत विकेन्द्रीकरण गरी आपूर्ति शृंखलामा समेत विविधीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ। दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिवीच छलफल गर्न सम्मेलनमार्फत सहयोग पुुग्ने अर्थमन्त्रीको विश्वावास छ।
जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले आफ्नो स्रोत-साधनले संभव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनले बताए।
‘ठूलो लगानीमा निर्माण गरेका पूर्वाधाका संरचनामा बर्सेनि आउने प्राकृतिक विपत्ति बाढीपहिरो, भुुकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलबायुुमैत्री विकास प्रक्रियामा क्रियाशीलता लिनुपर्छ। आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकूल प्रभाव पारेकाले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी हुनेछ’, अर्थमन्त्रीले भने।
विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा रहेको दक्षिण एसिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको बताउदेै अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावले भ ठूलो आर्थिक एवं सामाजिक विषमता सिर्जना गर्न सक्नेतर्फ सबै सजग हुनुपर्ने धारणा राखे।
दक्षिण एसिया कृषि उत्पादन र यसको व्यापारका लागि महत्वपूर्ण हिस्सा भएकाले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउन सक्ने चुनौतीलाई सामना गर्ने गरी जलबायुु स्मार्ट कृषिको प्रभावकारी कार्यान्वयनको रणनीति बनाउन आवश्यक रहेको उनको भनाइ छ।
जलवायु परिवर्तनले प्रचुर सम्भावना भएको स्वच्छ उर्जाको उत्पादन, विकास एवं अन्तरक्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्यूनीकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग उत्तिकै आवश्यक रहेकमा उनले जाेड दिए।
सम्मेलनमा काठमाडाैं विश्वविद्यालयका रजिष्टार डा. अच्युुत वाग्लेले निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दिगो विकासको लागि टेवा पुग्ने बताए। ‘जब व्यापारमा दिगोपनको कुुरा गर्छाैं, त्यहाँ राजस्व र करको कुरा मात्र नभएर लगानी बढी गर्ने प्रणालीको विकास गर्न आवश्यक छ। नवीकरणनीय ऊर्जा व्यापार र हरित अर्थतन्त्रको कुरा गरिरहेका छौं,’ वाग्लेले भने, ‘अहिले जलवायु परिवर्तन र विश्वव्यापी प्रवृत्ति रहेकाले दक्षिण एसियाको व्यापारलाई न्यायोचित र सन्तुुलित तरिकारले प्रवद्र्धन गर्नुपर्छ।’
विश्वमा जलवायु परिवर्तनको असरपरेकाले यसलाई न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने सुझाव उनले दिए।
सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेशनल ट्रेड ल एण्ड आरबिटेसन इष्टबुल विलगी युनिभरसिर्टीका निर्देशक डा .एन पिनर आर्टिरन जलवायु परिवर्तन र वातावरणनीय दिगोपनतालाई ध्यानमा राखेर नेपालले व्यापारलाई अघि बढाउनुपर्ने बताए। कृषि,पर्यटन, व्यापार, पूर्वाधारजस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले व्यापार र जलवायु परिर्वतनका क्षेत्रमा रहेका समस्या र चुुनौतीलाई सम्बोधन गरी दिगो व्यापारमा नेपाल अगाडि बढ्नुपर्ने धारणा राखे। ‘जलवायु परिर्वतन र दिगोपनालाई लक्षित गरी स्रोत परिचालन एवं व्यवस्थापनमा अगाडि बढेका छौं‘, जोशीले भने, ‘नीति निर्माण र कार्ययोजनामार्फत व्यापार प्रवद्र्धन गर्न अध्ययन अनुुसन्धानले सहयोग पुुर्याउँछ।’
सम्मेलनमा सहभागी वक्ताहरुले जलवायु परिवर्तननले व्यापारको दिगोपनमा असर पारिरहेकोले न्यूनीकरण गर्न आवश्यक परेको बताए। आर्थिक विकासको इन्जिनको रुपमा रहेको व्यापार रहेकाले उत्पादन र उत्पादक्त्व बढाएर प्रवद्र्धन गर्न आवश्यक रहेको उनीहरूकाे धारणा छ।
दुुई दिनसम्म चल्ने सम्मेलनमा भारत, चीन, टर्की, बंगलादेश, इन्डोनेसियालगायत९ देशका प्रतिनिधिको सहभागिता छ। सम्मेलन आइतबारसम्म चल्नेछ।