काठमाडौं। कुमारी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग सम्झौता गरेको छ। सम्झौतापछि एनसीएचएलसँगको साझेदारीमा अलिपे प्ल नेटवर्कमा आबद्ध प्रयोगकर्ताले नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।
सेवामार्फत अलिपेप प्लस प्रयोगकर्ताले बैंकको नेपालपे क्यूआर रहेका व्यवसायमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्। अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्तालाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ।
सम्झौतासँगै चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन, सिंगापुरलगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो हुनेछ।
बैंकले हाल ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ।