काठमाडौं। चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको औसत निष्कृय कर्जा (एनपिएल) ५ प्रतिशत हाराहारी पुग्ने भएको छ। निर्माण क्षेत्रमा प्रवाहित कर्जा रिकोभरी (असुली) मा समस्या हुँदा बैंकहरूको वित्तीय विवरणमा नकारात्मक प्रभाव पर्दै कर्जा नोक्सानी (प्रोभिजन) र एनपिएल बढ्ने निश्चित भएको हो।
गत आर्थिक वर्षको असारसम्म बैंक तथा वित्तीय संस्थाको औसत एनपिएल ३.८६ प्रतिशत थियो। यो ३ महिनाबीचमै ०.५६ प्रतिशत बिन्दुले थप भएर असोजसम्म औसतमा ४.४२ प्रतिशत पुगेको थियो।
एनपिएल र साँवा ब्याज नउठेका कर्जामा नियामकीय प्रावधानअनुसार बैंकहरूले गर्ने खर्च असोजभन्दा पुसमा बढ्ने सरोकारवालाको अनुमान छ। मन्दीमा रहेको अर्थतन्त्र सुधारतर्फ उन्मुख नभएको र निर्माण क्षेत्रमा गएको कर्जामा नियामकीय सहुलियत सकिएको प्रभाव पुसमा बैंकहरूको वित्तीय विवरणमा देखिने नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘देशको समग्र आर्थिक अवस्था अझै सुधार नभएका कारण अहिले बैंकलाई कर्जा असुली थप चुनौती हुँदै गएको छ,’ संघ अध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘निर्माण व्यवसायीलाई दिइएको सहुलियत मंसिरमै समाप्त भएको हो। तर, व्यवसायीले सरकारले भुक्तानी नदिएको भन्दै किस्ता बुझाएका छैनन्। यसले पनि पुसमा बैंकहरूको प्रोभिजन बढ्ने र एनपिएल ५ प्रतिशत हाराहारी पुग्न सक्छ।’
गत आर्थिक वर्षको असारसम्म बैंक तथा वित्तीय संस्थाको औसत एनपिएल ३.८६ प्रतिशत थियो। ३ महिनाबीचमै ०.५६ प्रतिशत बिन्दुले थप भएर असोजसम्म औसतमा ४.४२ प्रतिशत पुगेको थियो। निर्माण क्षेत्रमा प्रवाहित कर्जा रिकोभरी (असुली) मा समस्या हुँदा बैंकहरूको वित्तीय विवरणमा नकारात्मक प्रभाव पर्दै कर्जा नोक्सानी (प्रोभिजन) र एनपिएल बढ्ने निश्चित भएको हो।
चालू वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाका लागि कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिरसम्म थपेको थियो। साथै, उक्त अवधिसम्म निर्माण व्यवसायलाई चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने व्यवस्था गरेको थियो।
त्यसअघि अघि पनि २०८० चैतसम्म नियमित भएको निर्माण क्षेत्रसँगै राष्ट्र बैंकले तोकेका केही क्षेत्रका कर्जाको बैंकहरूले ब्याज पुँजीकरण, पुनर्तालिकीकरण तथा पुनर्संरचना गरेका थिए। यसरी नियामकीय सहुलियत उपयोग भएका कर्जा सहुलियत सकिएसँगै रिकोभरीमा समस्या भएको कोइरालाको भनाइ छ। यसले गर्दा बैंकहरूको प्रोभिजन खर्च बढ्ने र एनपिएल अघिल्लो त्रैमासभन्दा केही प्रतिशत थप हुने अनुमान उनको हो।
असोजमै वाणिज्य बैंकहरूको औसत एनपिएल ४.२८ प्रतिशत, विकास बैंकहरूको ४.३७ प्रतिशत र वित्त कम्पनीको १०.८४ प्रतिशत थियो। उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीमै १ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ साँवाब्याज नियमित नभएका कर्जामा प्रोभिजन गरेका थिए। यस्तो प्रोभिजन ३ महिनामा ४४.४० प्रतिशतले वृद्धि भएर असोजमा २ खर्ब ४२ अर्ब ७६ करोड पुगेको थियो।
असोजसम्म वाणिज्य बैंकको २ खर्ब ११ अर्ब ७० लाख, विकास बैंकको २१ अर्ब ४६ करोड र वित्त कम्पनीले ९ अर्ब ५९ करोड साँवाब्याज नियमित कर्जामा गर्नुपर्ने कर्जा नोक्सानीको दायित्व रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। यस्तो दायित्व पुसमा आइपुग्दा अझै थपिएर अधिकांश बैंकको नाफा घट्ने र वितरणयोग्य नाफासमेत नकारात्मक हुने देखिन्छ।
असोजमै वाणिज्य बैंकहरूको औसत एनपिएल ४.२८ प्रतिशत, विकास बैंकहरूको ४.३७ प्रतिशत र वित्त कम्पनीको १०.८४ प्रतिशत थियो। उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीमै १ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ साँवाब्याज नियमित नभएका कर्जामा प्रोभिजन गरेका थिए।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल पनि चालू वर्षको दोस्रो त्रैमासमा बैंकहरूको एनपिएल अघिल्लो त्रैमासभन्दा बढ्ने अनुमान गर्छन्। ‘असारभन्दा असोजमा केही प्रतिशतले एनपिएल बढेको थियो। समग्र अर्थतन्त्र पूर्ण सुधारको अवस्थामा अझै पुगेको छैन,’ कार्यकारी निर्देशक पौडेलले क्यापिटल नेपालसँग भने, ‘त्यसैले दोस्रो त्रैमासमा पनि एनपिएल केही थप हुने सम्भावना छ।’
अहिले अधिकांश क्षेत्रको आर्थिक गतिविधि प्रभावित हुँदा बैंकलाई रिकोभरीमा समस्या भएर एनपिएल बढ्नमा सघाएको उनको भनाइ हो।
निर्माण क्षेत्रको कर्जा प्रभाव
निर्माण व्यवसायीले सरकारी भवन तथा सडक बनाएकाे करिब ६० अर्ब रुपैयाँ सरकारसँग भुक्तानी लिन बाँकी रहेको दाबी गर्दै आएका छन्। व्यवसायीले विभिन्न निर्माण आयाेजना बैंकबाट कर्जा लिएर सुरु गरिएकाे र केही सम्पन्न भएकाे बताउँदै आएका छन्। तर, सरकाले अघिल्लो वर्षदेखि नै दिनुपर्ने करिब ४० अर्ब बढी भुक्तानी निर्माण व्यवसायीलाई दिन सकेको छैन।
सरकारले बक्यौता भुक्तानी दिन नसकेकै कारण निर्माण व्यवसायीले गत वर्ष असारदेखि पूर्ण रुपमा बैंकको साँवाब्याज तिर्न नसकेकाे कारण औंल्याउँदै राष्ट्र बैंकको सहुलियत आगामी चैतसम्म लम्बाइदिन आग्रह गरेका थिए। तर, राष्ट्र बैंकले यस्तो सहुलियत थप नगर्दा र सरकारले पनि बक्यौता भुक्तानी नगर्दा निर्माण व्यवसायीकै कर्जाको कारण बैंकिङ प्रणालीमा ३ प्रतिशत एनपिएल थप हुने नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंह बताउँछन्।
‘व्यवसायीले बैंकको किस्ता पुसमा पनि तिर्न सक्दैनन्। हाम्रै कर्जाका कारण बैंकहरूको एनपिएल करिब ३ प्रतिशत थप होला,’ महासंघ अध्यक्ष सिंहले क्यापिटल नेपालसँग भने, ‘पुरानो र चालू वर्षको दायित्वसहित सरकारले व्यवसायीलाई ६० अर्ब भुक्तानी दिन बाँकी थियो। भुक्तानी राफसाफ गरिने भन्दै राष्ट्र बैंकले दिएको सहुलियत पनि निरन्तर भएन।’
चालू आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले (लघुवित्तबाहेक) ले निर्माण क्षेत्रमा कुल २ खर्ब ११ अर्ब ८३ करोड कर्जा प्रवाह गरेका छन्। कुल कर्जामध्ये वाणिज्य बैंकहरूले १ खर्ब ८७ अर्ब ९० करोड, विकास बैंकहरूले २० अर्ब ७२ करोड र वित्त कम्पनीले ३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
निर्माण व्यवसायीले चालू वर्ष करिब २० अर्ब मात्रै भुक्तानी पाएको र त्यसले बैंक ऋण तिर्न अपुग भएको सिंहको भनाइ छ। ‘सरकारले बैंकिङ प्रणालीमार्फत हाम्रो भुक्तानी दिने हो। बैंकले पनि आफ्नो पैसा कटौती गरेर मात्रै व्यवसायीको अन्य खातामा पैसा ट्रान्सफर गर्छन्। सरकारले दिए सबैभन्दा पहिला बैंककै कर्जा घट्ने थियो तर आश्वासन दिने काम मात्रै भएकाे छ,’ उनले भने।
चालू आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले (लघुवित्तबाहेक) ले निर्माण क्षेत्रमा कुल २ खर्ब ११ अर्ब ८३ करोड कर्जा प्रवाह गरेका छन्। कुल कर्जामध्ये वाणिज्य बैंकहरूले १ खर्ब ८७ अर्ब ९० करोड, विकास बैंकहरूले २० अर्ब ७२ करोड र वित्त कम्पनीले ३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
निर्माण व्यवसायीको भुक्तानीको ‘चेन इफेक्ट’ मा अन्य क्षेत्र समेत पर्दा बैंकहरूलाई कर्जा असुलीमा चुनौती भएको ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा बैंकर्स संघ उपाध्यक्ष सुरेन्द्रराज रेग्मी बताउँछन्। ‘निर्माण वयवसायीले अर्बौं रुपैयाँ पाएका छैनौं भन्छन्। उनीहरूले भुक्तानी पाए त्यो पैसा मार्केटमा आएर अन्य क्षेत्रमा पनि नगद प्रवाह हुने र बैंकमा पैसा आउँथ्याे,’ रेग्मीले क्यापिटल नेपालसँग भने, ‘सबैतिरको डाउनफलका कारण अहिले बैंकरहरूलाई रिकोभरी चुनौतीपूर्ण छ। यसले वित्तीय विवरण केही प्रभावित होला।’
यद्धपि यसबीच नयाँ कर्जा प्रवाह भएको र चुनौतीबीचमा पनि बैंकहरूले सुधारलाई प्राथमिकातामा राखेर काम गरिरहेकाले बजारमा चर्चा गरिएजस्तो दोस्रो त्रैमासमा एनपिएल बढ्ने तथा नाफा नघट्ने उनको विश्वास छ।