काठमाडौं। अमेरिकी डलरले हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दरअनुसार १ अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३७ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै, खरिददर १३७ रुपैयाँ ६ पैसा छ। यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि मंगलबार डलरको मूल्य १३७ रुपैयाँ ६३ पैसा पुगेर रेकर्ड कायम गरेको थियो।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ।
आज १ युरोको बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ १८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ ३५ पैसा र खरिद दर १६९ रुपैयाँ ६० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ३० पैसा र बिक्रीमा ९५ रुपैयाँ ७१ पैसा तोकिएको छ। कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानी येन १० को खरिदर खाठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा कायम भएको छ।
थाई भाट एकको खरिदर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २६ पैसा र बिक्रीदर १२ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समय पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्नेछ।