काठमाडौं। च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनी एन अल्टम्यानले यौन शोषणको आरोप लगाएकी छन्। यस विषयमा एन ओल्टम्यानले अमेरिकी जिल्ला अदालतमा दाइ सामविरुद्ध मुद्दा दायर गरेकी छन्।
एन ओल्टम्यानले सन् १९९७ देखि २००६ सम्म सामले आफूलाई यौन दुर्व्यवहार गरेको दाबी गरेकी छन्। त्यतिबेला उनी ३ वर्षकी र साम १२ वर्षकी थिए। समाचारमा जनाइएअनुसार साम कानुनी रुपमा वयस्क नहुँदासम्म बहिनीमाथि यौन शोषण गरेका थिए।
एन ओल्टम्यानले दाइको दुर्व्यवहारका कारण आफूले पीडा भोग्नु परेकाले सामान्य जीवन बिताउन नसक्ने बताएकी छन्। यसै क्रममा सामले सबै आरोप अस्वीकार गरेका छन्।
गलत आरोप लगाएको सामको दाबी
सामले आफ्नो सामाजिक एक्समा मानसिक स्वास्थ्य चुनौतीसँग संघर्ष गरिरहेको परिवारका सदस्यको हेरचाह गर्नु कठिन काम भएको बताएका छन्। उनले धेरै परिवारहरूले आफूले जस्तै चुनौती सामना गरिरहेका बताएका छन्। यसको अर्थ उनले बहिनी एनको मानसिक अवस्था खराब भएको दाबी गरेका हुन्।
सामले बहिनीका लागि आफूले धेरै सहयोग गरेको दाबी गरेका छन्। उनले स्वास्थ्य उपचारदेखि घर किन्नसमेत सहयोग गरे पनि आरोप खेप्नु परेको बताएका हुन्।
साम अल्टम्यानले आफ्नो परिवारको तर्फबाट एक विज्ञप्तिसमेत जारी गरेका छन्। यस क्रममा उनले परिवारको गोपनीयतालाई ध्यान दिँदै सार्वजनिक रूपमा प्रतिक्रिया नगर्ने निर्णय भएको बताएका छन्।
सामले बहिनीको आरोप सामना गर्नुबाहेक अर्को विकल्प नभएको बताएका छन्। सबै दाबीहरू पूर्णतया गलत हुने उनको अपेक्षा गरेका छन्। एनले उपचार गर्न अस्वीकार गरेर परिवारका सदस्यलाई प्रहार गर्दै आएको सामको दाबी छ। एजेन्सीको सहयोगमा