काठमाडौं। मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् र इटिएसआइपिएलले संयुक्त रुपमा आयोजना गर्दै आएकाे फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीको दसाैं संस्करण माघ ४, ५ र ६ गते काठमाडाैंकाे भृकृटीमण्डपमा हुने भएकाे छ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० बढी स्टलले सहभागिता जनाउनेछन्। फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसाय सम्बद्ध उत्पादनबारेमा जानकारी गराइनेछ। अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनको उल्लेखनीय सहभागिता रहनेछ।
प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई प्रयोग भइरहेका मेसिन उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ।अवलोकनकर्ताले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादन हेर्न पाउनेछन्।
फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी एवं नवीन उत्पादनको उल्लेख्य सहभागिता रहनेछ।
प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा इन्टेरियर डिजाइनर एसाेसिएसन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाइउड उत्पादक संघ रहेका छन्।