काठमाडौं। गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३.४ प्रतिशतले मात्र वृद्धि भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको त्रैमासिक कूल गार्हस्थ उत्पादन आधारभूत गत वर्षको तुलनामा कम देखिएको हो।
गत आवको चौथो त्रैमासिकको तुलनामा चालु आवको प्रथम त्रैमासिकमा कूल १८ औद्योगिक क्षेत्रमध्ये छ ओटामा ऋणात्मकका साथै बाँकी क्षेत्रमा सामान्य वृद्धि हुँदा कूल गार्हस्थ्य उत्पादन थोरै अंकले वृद्धि भएको अनुमान गरिएको हो।
विद्युत तथा ग्याँस क्षेत्रमा सबैभन्दा बढी ८.५ प्रतिशत वृद्धि हुँदा सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ७.७ प्रतिशत रहेको छ। यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ऋणात्मक (-०.८ प्रतिशत) रहेको छ।
समग्र अर्थतन्त्रको वृद्धिदर ०.२ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान रहेको छ सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ऋणात्मक वृद्धि हुने औद्योगिक क्षेत्रमध्ये सबैभन्दा धेरै खानी तथा उत्खनन् क्षेत्रको ऋणात्मक वृद्धिदर (-१३(९ प्रतिशत), व्यापार क्षेत्रको वृद्धिदर (-३.७ प्रतिशत) रहेको तथ्यांक कार्यालयले जनाएको छ।
चालु आव २०८१र८२ को प्रथम त्रैमासिक र अघिल्लो आव २०८०र८१ को प्रथम त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका कूल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ।
जसमा विद्युत तथा ग्याँससम्बन्धी वृद्धिदर २१.४५ रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर देखिएको छ। यी औद्योगिक क्षेत्रबाहेक आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ।
निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ। प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धि दर तीन प्रतिशत हुने अनुमान छ। धानलगायतका वर्षे बालीको उत्पादनमा वृद्धि हुँदा तरकारी तथा नगदे बाली र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कूल मूल्य अभिवृद्धिमा सकारात्मक देखिन्छ।