काठमाडौं। अष्ट्रेलियामा सन् २०२४ मा सबैभन्दा बढी खरिद भएका शीर्ष कारको सूचीमा ठूला कम्पनीले कब्जा जमाउँदा एउटा मात्रै सानो कार कम्पनीले आफ्नो लोकप्रियता देखाउन सफल भएको छ।
फेडरल चेम्बर अफ अटोमोटिभ इन्डष्ट्रिजले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार जापानिज कम्पनी टोयोटाको कोरोला सबैभन्दा बढी बिक्री हुने प्यासेञ्जर कार परेको हो। जुन आठौँ नम्बरमा छ। यो गाडीका २४ हजार २७ मोडल बिक्री भएको छ।
यद्यपि, यस सूचीमा फोर्डको रेञ्जर युटेले शीर्ष स्थान कायम गरेको छ। एक वर्षअघि टोयोटा हाइलक्सले ६२ हजार ५९३ मोडेल बिक्री गरेको थियो। सन् २०२४ मा ५३ हजार ४९९ मोडल बिक्री गर्दै तेस्रो स्थानमा झरेको छ। गत वर्ष टोयोटाको एसयूभी ५८ हजार ७१८ बिक्री हुँदै दोस्रो सबैभन्दा लोकप्रिय नयाँ गाडी बनेको थियो।
सन् २०२४ मा अष्ट्रेलियामा १२ लाख २० हजार ६०७ नयाँ गाडीहरू बिक्री भएका छन्। यसले सन् २०२३ मा स्थापित रेकर्डलाई ०.३ प्रतिशत अर्थात् करिब ४ हजार बढी सवारीले तोडेको छ। पछिल्लो समय अष्ट्रेलियालीले पहिलाभन्दा बढी कार मात्र किनिरहेका छैनन्। उनीहरूले ठूला सवारी किन्ने काम बढी मात्रामा गरिरहका छन्।
सन् २०२४ मा बेचिएका धेरैजसो नयाँ गाडी एसयूभी थिए। जुन ६ लाख ९५ हजार ५६६ अर्थात् खरिदको लगभग ५७ प्रतिशत हो। यो अघिल्लो वर्षको तुलनामा २.४ प्रतिशतले बढेको थियो। साना कमर्सियल गाडी युटीई कारले लोकप्रियताको सूचीमा आफूलाई उभ्याएको छ। सन् २०२४ मा सबै नयाँ खरिद गरिएका गाडीमा यस्ता गाडी करिब २ लाख ७० हजार ३५१ रहेको छ। जुन सन् २०२३ को तुलनामा लगभग १.४ प्रतिशतले कम हो।
लोकप्रियताको सूचीमा सेडान र ह्याचब्याकहरू पनि समावेश भएका छन्। तथापि, गएको वर्ष यसले ठूलो गिरावटको सामना गर्नु पर्यो। सन् २०२४ मा कूल २ लाख ३ हजार ३८४ सेडान र ह्याचब्याक बिक्री भए। जुन कूल बिक्रीको १७ प्रतिशत हो । तर, सन् २०२३ को तुलनामा यी गाडीको बिक्रीमा ३.८ प्रतिशतले कमी हो।
यस्तै, व्यवसायिक सवारीको बिक्री पनि ठिकै अवस्थामा रह्यो। ट्रक र बसहरू समावेश भएका यी गाडी सन् २०२४ मा ५१ हजार ३०६ बिक्री भए। जुन कूल बजार हिस्साको ४ प्रतिशत हो।
विज्ञहरूले विगत एक दशकमा एसयूभी र युटीईको विज्ञापनमा उत्पादकले आफ्नो खर्च दोब्बर गर्ने र हालैका वर्षमा अष्ट्रेलियालीलाई ठूला सवारी साधनतर्फ धकेल्ने बताइरहेका छन्। फलस्वरूप, स्ट्यान्डर्ड अष्ट्रेलियाले ठूला सवारी साधनको आगमनलाई समायोजन गर्न अफ-स्ट्रिट पार्किङ स्थलको आवश्यक लम्बाई २० सेन्टिमिटरले बढाउने प्रस्ताव गरेको छ।
लोकप्रियताको सूचीमा इसुजुको डी-म्याक्स युटे, मित्सुबिसीको आउटल्याण्डर, टोयोटाको ल्याण्डक्रुजर र फोर्डको एभरेष्ट क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन्। माज्दाको सीएक्स ५ र एमजीको जेडएस पनि शीर्ष १० मा परेका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम दि गार्जिएनले उल्लेख गरेअनुसार सन् २०२४ मा टोयोटा कोरोला पनि शीर्ष १० मा पर्यो। जुन २०१४ मा देशको सबैभन्दा लोकप्रिय कार थियो। यसअघि २०२३ मा भने यो कार लोकप्रियताको सूचीबाट बाहिरिएको थियो।
अष्ट्रेलियाको बजारमा करिब १ लाख १४ हजार बिक्री गाडीले विद्युतीय सवारी साधनको प्रतिनिधि गरेको छ। जुन कूल गाडी बिक्रीको १० प्रतिशतभन्दा कम हो। विशुद्ध रूपमा ब्याट्री इलेक्ट्रिक र प्लग इन हाइब्रिड सवारी साधनमा यो वृद्धि भएता पनि कर छुट र बढ्दो दायरा चिन्ताको कारणले परम्परागत हाइब्रिड सवारीको बढ्दो लोकप्रियताले सन् २०२४ मा वृद्धि दर घटेको छ। परम्परागत हाइब्रिड गाडी रिजेरेटिभ ब्रेकिङबाट रिचार्ज हुन्छन् र कम्बसन इञ्जिन सुरु हुनुअघि मात्र ब्याट्रीमा सुस्त गतिमा चल्छन्।
एफसीएआई प्रमुख कार्यकारी टोनी वेबरका अनुसार राम्रो बिक्रीका बावजुद लागतको दबाब र ब्याज दरले सन् २०२४ पछिल्लो आधा वर्षको खरिदमा गिरावट आएको थियो।
‘ग्राहकहरूले पनि वातावरणीय परिणाम र कम उत्सर्जन टेक्नोलोजीमा सर्ने स्वामित्वको सम्बन्धित कूल लागतको बारेमा छनोट बढाउँदै छन्,’ उनले भने ।