काठमाडौं। फोर्ड रेन्जर अष्ट्रेलियामा २०२४ को सबैभन्दा धेरै बिक्री हुने गाडी बनेको छ। फोर्ड रेन्जर सबैभन्दा धेरै बिक्री हुने यसयूभी बनेको हो। सन् २०२४ को डिसेम्बर महिनामा फोर्ड रेन्जर ४ हजार २३१ युनिट बिक्री भएको छ। जुन बिक्रीले गर्दा फोर्ड रेन्जर टोयोटा तथा प्राडोभन्दा अगाडि आएको हो।
२०२४ को एक वर्ष समयअवधिमा फोर्ड रेन्जर ६२ हजार ५९३ युनिट ग्राहकलाई हस्तान्तरण गरिएको छ। यही अवधिमा टोयोटा रभा ५८ हजार ७१८ युनिट र टोयोटा हाइलक्स ५३ हजार ४९९ युनिट हस्तान्तरण गरिएको छ।
सन् २०२४ मा फोर्ड रेन्जरको बिक्री अन्य ब्रान्डको बिक्री भन्दा उच्च भए पनि २०२३ को बिक्रीको तुलनामा भने घटेको देखिएको छ। सन् २०२३ को डिसेम्बर महिनामा फोर्ड रेन्जर ७ हजार ७६७ युनिट बिक्री भएको थियो। गत वर्षको डिसेम्बर महिनाको तुलनामा यस वर्षको डिसेम्बर महिनाको बिक्री ४२.२ प्रतिशतले घटेको हो।
यसयूभी सेग्मेन्टमा अष्ट्रेलियामा २०२४ मा ६ लाख ९५ हजार ५६६ युनिट गाडी बिक्री भएको छ। २०२३ मा भने ६ लाख ७९ हजार ४६२ युनिट बिक्री भएको थियो। समग्र बिक्रीको गत वर्षको तुलनमा यस वर्षको बिक्री १.२ प्रतिशतले वृद्धि भएको छ।
यस्तै, अष्ट्रेलियामा २०२४ मा लाइट कमर्सियल भेहिकलको बिक्री पनि घटेको देखिएको छ। २०२४ मा लाइट कमर्सियल भेहिकल २ लाख ७० हजार ३५१ युनिट बिक्री भएको छ। २०२३ मा भने २ लाख ७४ हजार १८५ युनिट बिक्री भएको थियो।
अष्ट्रेलियामा २०२४ मा डिजेल पेट्रोल गाडीको बिक्रीमा पनि गिरावट आएको छ। २०२३ मा डिजेल गाडी ३ लाख ७९ हजार ५१२ युनिट बिक्री भएको थियो। २०२४ मा भने घटेर ३ लाख ६९ हजार ८४२ मा पुगेको छ। भने पेट्रोल गाडीको बिक्री ५ लाख ८८ हजार ५९६ बाट घटेर ५ लाख २८ हजार ९७८ मा पुगेको छ।
यस्तै, हाइब्रिड र प्लगइन हाइव्रिडमा भने २०२४ मा २०२३ को तुलनामा सुधार आएको छ। २०२४ मा कुल १ लाख ७२ हजार ६९६ हाइब्रिड गाडी बिक्री भएका छन्। जुन २०२३ मा ९८ हजार १०५ युनिट बिक्री भएको थियो। २०२४ मा २३ हजार १६३ युनिट प्लगइन हाइव्रिड बिक्री भएका छन्। जुन २०२३ मा ११ हजार ५७२ युनिट मात्र बिक्री भएको थियो।
अष्ट्रेलियामा २०२४ मा ईभी सेगमेन्टको बिक्रीमा पनि गिरावट आएको छ। २०२४ मा ईभी सेग्मेन्टमा १४.५ प्रतिशतको गिरावट आएको हो। २०२४ मा ७४ ईभी ६१२ युनिट ईभी बिक्री भएको छ। २०२३ मा भने ८७ हजार २१७ युनिट ईभी बिक्री भएको थियो।
फेडरियल च्याम्बर अफ अटोमोटिभ इन्डष्ट्रिका प्रमुख कार्यकारी टोनी वइबरले २०२५ मा नयाँ चुनौतीहरूले उपभोक्ताको प्राथमिकतामा असर पुर्याउने भविष्यवाणी गरेका छन्।