काठमाडौं। अमेरिकाको न्युयोर्क कोर्टले भारतीय उद्योगपति अडानी समूहका अध्यक्ष गौतम अडानीसहित अन्यविरुद्ध लागेको २२०० करोड भारु घुससम्बन्धी तीन वटा मुद्दाको सुनुवाइ एकैसाथ गर्ने भएको छ।
उद्योगपति अडानीविरुद्ध अडानी ग्रीन इनर्जी लिमिटेड र अन्य फर्मलाई कन्ट्राक्ट दिलाउन भारतीय अधिकारीलाई २६५ मिलियन डलर (भारु २२०० करोड) घुस दिने योजना बनाएको दाबी अमेरिकी समाचार संस्था रोयर्टसले सार्वजनिक गरेको थियो।
आफ्नो समूहलाई ठेक्कापट्टा दिलाउन सरकारी अधिकारीलाई २२०० करोड भारु घुस दिएको सम्बन्धमा नोभेम्बर २० मा भएको सुनुवाइमा गौतम अडानी, उनका भतिजा सागर, विनित एस जैन, रञ्जित गुप्ता, साइरिल कैबेनिस, सौरभ अग्रवाल, दीपक मल्होत्रा र रुपेश अग्रवाललाई आरोपी बनाइएको थियो।
अडानी ग्रीन इनर्जीसँग २० गिगावाटभन्दा क्लिन इनर्जी पोर्टफोलियो रहेको छ। डानी समूहले २०३० सम्म सौर्य ऊर्जा क्षेत्रमा भारतकै सबैभन्दा ठूलो कम्पनी बन्ने लक्ष्य राखेको छ।
अक्टुबर २४ मा न्यूयोर्क फेडरल कोर्टमा घुससम्बन्धी मुद्दा दर्ता भएको थियो।
गत नोभेम्बर २१ मा अमेरिकाको युनाइटेड स्टेट्स अटर्नी कार्यालयले अडानीले भारतमा सोलर इनर्जीसँग जोडिएको कन्ट्राक पाउन भारतीय अधिकारीलाई २२०० करोड भारु घुस दिएको आरोपपत्र अदालतमा दायर गरेको थियो।
न्युयोर्क अदालतले एकसाथ सुनुवाइ आदेश दिएको मुद्दामा उद्योगपति अडानीविरुद्ध आपराधिक मामला, सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसन अभियोगलगायत रहेका छन्।
एजेन्सीका अनुसार न्युयोर्क कोर्टका जिल्ला न्यायाधिश निकोलस जी गरौफिसले यी मुद्दामाथि सुनुवाइ गर्नेछन्। अदालतले अडानीविरुद्ध परेको आपराधिक मुद्दाबाहेक आठ आरोपीका बारे पुनः जाँच गर्न निर्देश दिएको छ।
घुसखोरी आरोपमा अडानीसहित उनका भतिजा र आठ जनालाई आरोपी बनाइएको छ। यसै मामिलामा अदालतले अडानीविरुद्ध वारेन्टसमेत जारी छ। वारेन्ट जारी गरेका अर्का व्यक्ति सागर अडानी ग्रिन इनर्जीका अधिकारी हुन्।
यसअघि अडानी समूहले सबै आरोप आधारहीन भएको दाबी गर्दै गत नोभेम्बर २१ मा विज्ञप्ति निकालेको थियो। उसले भनेको थियो–अडानी ग्रिन इनर्जीका निर्देशकविरुद्ध युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ जस्टिस और युनाइटेड स्टेट्स सेक्युरिटिज् एन्ड एक्सचेन्ज कसिसनले लगाएको २२०० करोड घुसखोरी आरोप निराधार हो। यसमा कुनै सत्य छैन।
उता, अमेरिकी न्याय विभागले अडानीमाथि लागेको घुसखोरी प्रकरण आरोप मात्र भएकाले अदालतलाई सघाउन आग्रह गरेको छ। घुसखोरी मुद्दाबारे छानबिन पूरा नहुन्जेल दोषी साबित हुन नसक्ने उसले भएको छ।
अमेरिकी न्याय विभागका अनुसार सोलार इनर्जी कर्पोरेसन अफ इन्डिया अर्थात् (सेसी)ले भारतमा १२ गिगावाटको इनर्जी आपूर्तिका लागि ठेक्का आह्वान गरेकामा अडानीको ग्रीन इनर्जी र एउटा विदेशी फर्मले पाएका थिए। सेसी भारत सरकारको रिन्युएबल इनर्जी कम्पनी हो।
विदेशी फर्मलाई बिजुली खरिदमा सहभागी गराउन कानुनी रुपमा बन्देज भए पनि अडानीले ठेक्का पाउन आफ्ना भतिजा सागर, विनित जैनसमेत ७ जनासँग मिलेर सरकारी अधिकारीलाई घुस दिएको आरोप लागेको छ।
अडानी ग्रीन इनर्जीसँग २० गिगावाटभन्दा क्लिन इनर्जी पोर्टफोलियो रहेको छ। यो समूह तमिलनाडुमा विश्वकै सबैभन्दा ठूलो सौर्य ऊर्जा संयन्त्रमा सहभागी छ। अडाणी ग्रुपले २०३० तक सौर्य ऊर्जा क्षेत्रमा भारतकै सबैभन्दा ठूलो कम्पनी बन्ने लक्ष्य राखेको छ।–एजेन्सीको सहयोग