काठमाडौं। सेयर बजार ४९.१२ अंकले बढेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अंक अर्थात् १.८९ प्रतिशतले बढेर २६४०.६८ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा सीमित भएको थियो। त्यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ४.६३ अंकले र बुधबार ५.१० अंकले बढेको थियो।
सोमबार कारोबार रकममा पनि वृद्धि भएको छ। आज नेप्सेमा कुल ६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये २२६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा उपकार लघुवित्त र सामुदायीक लघुवित्तमा नकारात्मक सर्किट लागेको छ।
आज बैंकिङ समूहमा १.०९ प्रतिशत, विकास बैंकमा २.४६ प्रतिशत, फाइनान्स समूहमा १.१९ प्रतिशत र होटल तथा पर्यटन समूहमा २.९९ प्रतिशतको वृद्धि आएको छ।
जलविद्युत् समूहमा ३.५५ प्रतिशत, लगानी समूहमा ३.२३ प्रतिशत, जीवन बिमा समूहमा २.२९ प्रतिशत, उत्पादन समूहमा १.८९ प्रतिशत, लघुवित्त समूहमा ०.७५ प्रतिशत र निर्जीवन बिमा समूहमा १.७६ प्रतिशतको वृद्धि भएको छ।
सोमबार एनआरएन पूर्वाधार विकास बैंकको सेयर सर्वाधिक अर्थात् २९ करोड रुपैयाँ बढीको कारोबार हुँदा साहस उर्जाको १३ अर्ब ६५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ।