काठमाडौं। ह्यात होटल्स कर्पोरेसन र सिटी होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रुपान्तरण भएको घोषणा गरेका छन्। यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्रान्डको होटल भएको छ।
काठमाडौँ सहरको मुटुमा अवस्थित यस होटलले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्दछ।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंले आधुनिक यात्रुलाई नेपालको राजधानी काठमाडौंको सारलाई अनुभव गर्न स्वागत गर्नेछ। आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवको जीवन्त मिश्रण प्रदान गर्दछ।
होटलले गतिशील सामाजिक स्थान, स्थानीय सहकार्य तथा रमाइलो र जानकारीमूलक अनुभवको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउनेछ। ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं होटलको प्रत्येक कुनाले काठमाडौं सहरको कथा व्यक्त गर्नेछ।
‘पुनर्निर्माण तथा नवीकरणपछि ह्यात सेन्ट्रिक ब्रान्डलाई नेपालमा प्रस्तुत गरी पाहुनालाई काठमाडौंको सांस्कृतिक झलक दिन र आधुनिक सेवा उपलब्ध गराउन उत्साहित छौं’, ‘सिटी होटलका कार्यकारी सञ्चालक अक्षय गोल्यानले भने, ‘ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्न डिजाइन गरिएको छ र यात्रुलाई कुनै अनुभवको कमी हुन नदिन आधुनिक स्थानीय स्थान उपलब्ध गराउनेछ।’
होटमा जीवन्त लबीको समिश्रण रहेको छ। लबीलाई यात्रुलाई स्वगत सत्कार गर्ने, खुला सामाजिक स्पेसको रुपमा प्रस्तुत गरी खोजीको केन्द्रको रुपमा पुनःपरिकल्पना गरिएको छ।
होटलको प्रवेशद्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्व र मूर्ति राखी डिजाइन गरिएको छ। मैत्रीपूर्ण र जानकार कर्मचारीले अतिथिलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पु¥याउन सहयोग गर्नेछन्।
८,६०० वर्ग फिटभन्दा बढीको आवश्यकताअनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थान खानपान सेवा, सुविधासहित उपलब्ध छ। अतः १० देखि ६०० व्यक्ति अटाउने यी स्थान बैठक, विवाह, र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त छन् । यी सबै स्थान अतिथिको आवश्यकता अनुकूल बनाउन मिल्छ।
होटलमा सेन्ट्रिक लाउन्ज जीवन्त कम्युनिटी बार रहेको छ, जहाँ स्थानीय र अतिथिले विशेषज्ञतापूर्वक तयार गरिएको कफी, सिग्नेचर ककटेल र स्थानीय स्वादले प्रेरित परिकारको साथमा रमाउन सक्नेछन्।
जिङ स्काई पुलबार र डेक
काठमाडौंको शानदार दृश्य तथा स्थानीय र अन्तर्राष्ट्रिय प्रभावबाट प्रेरित मेनुसहितको एक आधुनिक पुलसाइड सुविधा होटलमा रहेको छ। ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंको १५३ कोठा उपयोगिता र आकर्षणका लागि डिजाइन गरिएको छ।
होटलमा अतिथिलाई निःशुल्क वाइफाई तथा आवश्यक सबै कुरा सजिलै उपलब्ध गराउने हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले बताए।