काठमाडौं। साताको पहिलो कारोबारको दिन सेयर बजार झिनो अंकले बढेको छ। सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइतबार सेयर बजार ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से ४.६३ अंकले बढेको थियो। आज कूल ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार कारोबारमा आएकामध्ये १४१ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको घटेको छ। जसमा उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत र ग्रिन भेन्चर्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। डोल्टी पावर कम्पनी ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट कम्पनी ९.२४ प्रतिशतले बढेको छ।
आइतबार नारायणी डेभलपमेन्ट ८.८८ प्रतिशत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.८५ प्रतिशत, जानकी फाइनान्स ६.३९ प्रतिशत र नेपाल फाइनान्स ५.५३ प्रतिशतले घटेको छ। आज डेभलपमेन्ट बैंक समूह ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६० प्रतिशत, हाइड्रोपावर समूह १.६७ प्रतिशत, लगानी समूह ०.३९ प्रतिशत, जीवन बीमा समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले बढेको छ।
यस्तै, बैंकिङ समूहको सेयर मूल्य ०.५५ प्रतिशत, फाइनान्स समूह १.०४ प्रतिशत, उत्पादन समूह ०.६० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१४ प्रतिशत, म्युचअल फण्ड समूहको सेयर मूल्य ०.७४ प्रतिशतले घटेको छ।