सानैदेखि खेलकुदमा चासो राख्ने भए पनि कुन खेलमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागिता दिलाउँछ भन्ने थाहै थिएन। व्यावसायिक पारिवारिक पृष्ठभूमि भएकाले जुनसुकै खेल क्षेत्रमा लाग्न असहज थिएन। फुटबल, क्रिकेटलगायतमा लगाव भए पनि त्यसलाई व्यावसायिक बनाउन सकिनँ। व्यावसायिक परिवारमा जन्मिएकाले मलाई गाडी चलाउन र सिक्न खासै गाह्रो भएन। सानैदेखि गाडी हुइँक्याउन थालेँ। अध्ययनपछि पारिवारिक बिजनेसमा आबद्ध भएपछि खेल क्षेत्रमा समय दिनसकिरहेको थिइनँ। यदाकदा हुने विभिन्न खेल हेर्न जाने र कहिलेकाहीँ खेल्ने भने गर्थें।
कहिलेकाहीँ यस्ता संयोग आउँछन्, जहाँ आफूले चाहेको र सोचेअनुसारको काम गर्न पाइन्छ। त्यो संयोग बन्यो- कोभिड १९ कोरोना महामारीका कारण सबै घरभित्र थुनिइरहेका बेला मलाई भने आफ्नो इच्छा पूरा गर्ने ठूलो माध्यम बन्यो। मुलुक नै लकडाउनमा परिरहेका बेला घरमै बसेर केही खेल खेलौँ भन्ने सोचेर इन्टरनेटमा सर्च गरिरहँदा आँखा झ्याप्पै डिजिटल मोटर स्पोर्टमा परे।
हुन त, म पहिलादेखि नै मोटर स्पोर्टस्को प्रशंसक थिएँ। तर, मैले सिमरेसिङलाई विकल्पको रूपमा गम्भीरतापूर्वक लिएको थिइनँ। खाली मनोरञ्जनको रूपमा मात्र लिएको थिएँ। जब २०२० मा मैले विश्व च्याम्पियन लुइस ह्यामिल्टन र म्याक्स वेरस्टाप्पेन पनि प्रोफेसनल रियल रेसर सिमरेसिङ कार्यक्रममा संलग्न भएको देखेँ, त्यसपछि यो खेललाई मनोरञ्जन रूपमा मात्रै हैन, ‘प्रोफेसनल’ बनाउन सकिन्छ भन्ने अठोट लिएँ।
ई-स्पोर्टकाे इभेन्ट अनलाइन र अनसाइट हुन्छ। अनलाइन प्रतिस्पर्धा आफ्नै देशबाट घरबाटै गर्न सकिन्छ। यसका लागि आफ्नै सिमुलेटर र उच्च गतिको इन्टरनेट आवश्यक पर्छ। अनसाइड प्रतिस्पर्धाका लागि सबै ड्राइभर्स एकै ठाउँ जम्मा हुन्छन्। यो लोकल नेटवर्क अथवा अनलाइनमार्फत गेमअनुसार प्रतिस्पर्धा गर्न सकिन्छ।
यसबारे थप बुझ्दा सन् २०१९ मा एफआईए डिजिटल मोटर्स स्पोर्टस् वर्किङ ग्रुप स्थापना भएपछिको पहिलो संस्करण एफआईए मोटोस्पोर्टस् गेम्समा डिजिटल कप भनेर ६ वटा विधामध्ये एक एफआईएले ई-स्पोर्टस्लाई इन्ट्रोड्युस गर्यो। त्यही वर्ष कोभिड महामारीका कारण खेलाडी प्रत्यक्ष रूपमा रेसिङमा सहभागी हुने सम्भावना थिएन। विकल्पको रूपमा ई-स्पोर्टलाई फोकस गर्दै अनलाइन रेसिङलाई प्राथमिकता दिन थालेँ। त्यही बेला मैले सुरुआती तहको प्ले स्टेसनको स्टेरिङ विल, पेडल्स र ग्रान्ड टुरिजमो गेम किनेर मेरो सिम रेसिङमा जोड्न पुगेँ र विस्तारै यो गेमलाई निरन्तरता दिएँ।
के हो ई–स्पोर्टस् सिम रेसिङ? कसरी खेलिन्छ?
ई-स्पोर्टस्अन्तर्गत सिम रेसिङ अर्थात् सिमुलेटर रेसिङ पर्छ। यसलाई भर्चुअल अथवा डिजिटल रेसिङ भनेर बुझ्न सकिन्छ। यो सिम रेसिङका लागि एउटा भौतिक कम्प्युटरमा हामीले भर्चुअल वातावरणमा ई-स्पोर्टस् प्रतिस्पर्धा गर्न सकिन्छ। सिम रेसिङका लागि चाहिने भनेको प्लेस्टेसन चार वा पाँच र एक्सबक्स वान या गेमिङ कम्प्युटरको आवश्यकता पर्दछ। यसका लागि सेटअपमा स्टेरिङ ह्वील, पेडल, रेसिङ गेम र विशेष सफ्टवेयर चाहिन्छ। जसले वास्तविक रेसिङ वातावरणलाई नक्कल गर्छ। यो ई-स्पोर्टस्का लागि ग्रान्ड टुरिजमो, असेतो कोर्सा, आइरेसिङ, असेतोकोसा कम्पिटिजनजस्ता गेम खेलिन्छ।
ई-स्पोर्टस्को इभेन्ट अनलाइन र अनसाइट हुन्छ। अनलाइन प्रतिस्पर्धा आफ्नै देशबाट घरबाटै गर्न सकिन्छ। यसका लागि आफ्नै सिमुलेटर र उच्च गतिको इन्टरनेट आवश्यक पर्छ। अनसाइड प्रतिस्पर्धाका लागि सबै ड्राइभर्स एकै ठाउँ जम्मा हुन्छन्। यो लोकल नेटवर्क अथवा अनलाइनमार्फत गेमअनुसार प्रतिस्पर्धा गर्न सकिन्छ। हार्डवेयर पनि आयोजकबाटै उपलब्ध गराइन्छ। तर, यसमा आयोजकका लागि धेरै खर्च आवश्यक हुन्छ। खेलाडीका लागि ट्राभल र अकोमोडेसन महँगो पर्न आउँछ।
सिमरेसिङ कारमा ब्रेक लगाउने, सर्किटको ब्रेकिङ पोइन्ट, स्पिड कति बढाउने तथा कर्नरिङ पोइन्ट र कर्नरिङ ह्यान्डलिङ कसरी गर्ने भनेर यो आधारभूत कुरामा निपुणता हासिल गर्न सकिन्छ। यसमा सर्किटको बनाबट र वेदर कन्डिसनअनुसारको आफ्ना गाडीको मोडिफिकेसन गर्न सकिन्छ।
मैले प्रोफेसनल रेसिङ सिमुलेटर किनेर मेरो स्किल्सलाई नेक्स्ट लेभलमा लैजान अभ्यास गरेँ। यो सेटअपमा एकदम हाई एण्ड स्टेरिङ व्हील, पेडल्स र पूरा सेटअप नै किनेको थिएँ, जसले वास्तविक ‘वल्र्ड ड्राइभिङ’ अनुभूति दिन्छ।
यसरी सुरु भयो वर्ल्डकप यात्रा
वर्ल्डकप लेभलको ओलम्पिक ढाँचामा बनेको एफआईए मोटरस्पोर्टस् गेम्स २०२४ मार्चमा नेपालको झन्डा फहराएर संसारमा चिनाउनु गौरवको विषय हो। मैले रेसिङ स्किल्स र टेक्निकलाई राम्रो बनाउन घन्टौंसम्म अभ्यास गरेर ट्रयाकलाई कन्ठ पारेर रेसिङ लाइन, ब्रेकिङ पोइन्ट र कन्सिस्टेन्सीलाई फोकस गरेँ।
अनलाइन लिगमा प्रतिस्पर्धा गर्न थालेँ, जसले एफआईए मोटरस्पोर्ट गेम्स २०२४ स्पेनको भ्यालेन्सियामा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिलायो। सो गेममा क्वालिफिकेसन राउन्ड पार गरी क्वाटर्रफाइनलसम्म पुग्न सफल भएँ। एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा ८२ देशका ६४६ जना प्रतिस्पर्धी सहभागी थिए। प्रतिस्पर्धा विभिन्न मोटरस्पोर्टका २६ विधामध्ये ई-स्पोर्टस् विधामा विश्वका ७० विभिन्न देशबाट ११७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यस ई-स्पोर्टस् विधामा विश्वभरिबाट सबैभन्दा धेरै सहभागी थिए।
मैले एफआईए मोटोस्पोर्ट गेम्स २०२४ भाग लिँदा ई-स्पोर्टस् सिमरेसिङको सेटअप, स्ट्राटेजी एकदमै महत्त्वपूर्ण रहेको थियो। मौसमको आधारमा टायर-ड्राई, सफ्ट र वेट छनोट गरी व्यवस्थापन मिलाउनुपर्छ। ट्रयाक एवं रेसिङ स्ट्राटेजीअनुसार टायर प्रेसर क्याम्पर र टो-सेटिङ मिलाउनुपर्छ। ब्रेक लगाउन ट्रयाकको कन्डिसन र टायर टेम्परेचरअनुसार ब्रेक प्रेसर, ब्रेक बायस र पावर मिलाउनुपर्छ। सस्पेन्सन एडजस्टमेन्ट गर्न व्हील रेट र बम्पस्टप रेट ह्यान्डलिङका लागि महत्त्वपूर्ण हुन्छन। जबकि कारको सस्पेन्सन हाइट र एरोडाइनेमिक्सले स्पिड र स्टेबिलिटीमा असर गर्छ। फ्युल र इलेक्ट्रोनिक सेटिङ जस्तै, ट्रयाक्सन कन्ट्रोल र एबिएस पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। ट्रयाक्सन कन्ट्रोल सुक्खा मौसमका लागि कम र गर्मी मौसममा बढाउनुपर्छ, लकअप नहुन हामीले एबिएस मिडियम लेभलमा राख्नुपर्छ।
नेपालमा मोटर स्पोर्टस्ले लामो यात्रा तय गरिसके पनि दुवै रियल र भर्चुअल रेसिङ विकासको चरणमै छ। नेपाल अझै ग्रासरुट लेभलमै छ। रियल मोटर्स स्पोर्टस्ले पूर्वाधार कमी, आर्थिक चुनौती र तालिम अभावजस्ता चुनौती सामना गरिरहे पनि नेपालमा ई-स्पोर्ट सिम रेसिङ लोकप्रिय हुँदै गएको छ। रियल वर्ल्ड मोटर स्पोर्टस् विपरीत सिम रेसिङमा महँगा सवारीसाधन वा मर्मतको आवश्यकता पर्दैन र सुरक्षित पनि हुन्छ।
सिम रेसिङले खेलाडीलाई स्थानीय एवं विश्व प्रतिस्पर्धा गर्न मद्दत गर्छ र यसमा सहभागी हुन धेरै टाढा यात्रा नगरी आफ्नो सीप र क्षमता प्रस्तुत गर्न अवसर उपलब्ध गराउँछ। मोटर स्पोर्टस्मा हामी सुरुआती चरणमै छौं र अहिलेका लागि सहभागिता नै ठूलो कुरा हो।
सबै स्तरका सहभागीका लागि सुरक्षित विकल्प बनाउँछ। यसलाई न्यूनतम ठाउँ भए पुग्छ किनकि खेलाडीलाई केवल कम्प्युटर वा गेमिङ सेटअप र सिमुलेटर चाहिन्छ। यसबाट मानिसलाई आफ्नै घरबाट सिकेर सहभागी हुन मिल्छ। सिम रेसिङमा सबै उमेर समूहका समावेश हुन्छन्, जसले बालबालिकादेखि वृद्धसम्मकालाई सहभागी हुन र अभ्यास गर्न मिल्छ।
सिम रेसिङले खेलाडीलाई स्थानीय एवं विश्व प्रतिस्पर्धा गर्न मद्दत गर्छ र यसमा सहभागी हुन धेरै टाढा यात्रा नगरी आफ्नो सीप र क्षमता प्रस्तुत गर्न अवसर उपलब्ध गराउँछ। मोटर स्पोर्टस्मा हामी सुरुआती चरणमै छौं र अहिलेका लागि सहभागिता नै ठूलो कुरा हो। तर, अझ एडभान्स ट्रेनिङ, साधन (यन्त्रऔजार) र प्रशिक्षणमा थप लगानी, स्पोन्सरसिप र प्रतिस्पर्धामैत्री वातावरणबाट अझ प्रतिस्पर्धी खेलाडी उत्पादन गर्न सक्यौं भने भविष्यमा नेपालबाट पनि ई-स्पोर्टस् क्षेत्रमा पदक हासिल गर्ने सम्भावना देखेको छु। ई‑स्पोर्टस्बाट आफ्नो करिअरलाई राम्रो बनाउन सकिन्छ भन्ने विश्व उदाहरण बनेका व्यक्ति हुन्, यान मार्डेनबरो। उनी भर्चुअल रेसिङबाट रियल प्रोफेसनल रेसर बन्न सफल भएका थिए।
उनले भर्चुअल वल्र्डबाट रियल लाइफ मोटोस्पोर्ट करियर बनाउन सफल भएका थिए। मार्डेनबरोको यात्राले कसरी सिम रेसिङले व्यावसायिक मोटरस्पोर्ट करियरका लागि एउटा पाइलाको रूपमा काम गर्न सक्छ भनेर प्रकाश पार्छ।
यो खाले प्रतिस्पर्धा २ वर्षअघि अर्थात् २०२२ मा फ्रान्सको मार्सेमा आयोजित प्रतियोगितामा नेपालले सहभागिता जनाएको थियो। त्यो बेला नेपालबाट दुई विधामा सहभागिता भएको थियो। त्यसमध्य कार्टिङ स्प्रिन्ट सिनियरमा म, अटोस्लालममा अनिल बराल र जिस्वा तुलाधार सहभागी थियौं। २०२४ मा भएको खेलमा मैले ई-स्पोर्टस् जी टी क्याटोगोरीमा भाग लिएको थिएँ। फनातेकको सिमुलेटरमा असेटो कोर्सा प्रतिस्पर्धामा मर्सिडिज एएमजी, जी टी थ्री २०२० मोडलको गाडीबाट प्रतिस्पर्धा गरेको थिएँ।
साथै, कृष्णप्रसाद पौडेल र प्रज्ञा कँडेलले अटो स्यालम विधामा भाग लिएका थिए, जसमा हुन्डाई कोना इलेक्ट्रिक गाडी प्रयोग भएको थियो। टिम म्यानेजरमा यदुराज लामिछाने र एएसएन डेलिगेटमा नासा नेपालका अध्यक्ष दशरथ रिजाल सहभागी थिए।
कोभिड महामारीका कारण खेलाडी प्रत्यक्ष रूपमा रेसिङमा सहभागी हुने सम्भावना थिएन। विकल्पको रूपमा ई-स्पोर्टस्लाई फोकस गर्दै अनलाइन रेसिङलाई प्राथमिकता दिन थालें। त्यही बेला मैले सुरुआती तहको प्ले स्टेसनको स्टेरिङ विल, पेडल्स र ग्रान्ड टुरिजमो गेम किनेर मेरो सिम रेसिङमा जोड्न पुगें र विस्तारै यो गेमलाई निरन्तरता दिएँ।
के हो एफआईए, नासा नेपाल, एफआईए मोटर्स स्पोर्टस् गेम्स?
अन्तर्राष्ट्रिय अटो मोबाइल फेडेरेसन (एफआईए) मोटर स्पोर्टस् र सडक सुरक्षा, सेफर मोबिलिटीमा विश्वको अग्रणी प्राधिकरण हो। फोर व्हीलर मोटरबाट चल्ने रेसिङ सबै यहीअन्तर्गत पर्छन्। अन्य धेरै रेसिङ प्रतियोगिताका लागि विश्वव्यापी मापदण्ड सेट गरिएको छ। रेस ट्रयाकभन्दा बाहिर एफआईएले सडक सुरक्षा सुधार्न र विश्वव्यापी रूपमा दिगो गतिशीलता प्रवर्द्धन गर्न पहलको नेतृत्व गर्दछ। हाल एफआईएमा १४७ देशबाट २४३ सदस्य आबद्ध छन्। नेपालमा एफआईएद्वारा मान्यता प्राप्त नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) हो। यसले हाम्रो मोटर स्पोस्पोर्टस्मा ठूलो उत्साह ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। रोमाञ्चकारी र्याली अफरोड चुनौती आयोजना गर्नेदेखि सुरक्षित सडकको समर्थन गर्दछ।
एफआईए मोटरस्पोर्टस् गेम्स एफआईएद्वारा आयोजित अन्तर्राष्ट्रिय विश्वकप स्तरको ओलम्पिक ढाँचामा गरिने प्रतिस्पर्धा हो। यसमा विभिन्न मोटरस्पोर्ट विधामा आफ्नो देशको प्रतिनिधित्व गर्न विश्वभरका प्रतिस्पर्धीलाई एकसाथ ल्याउँछ। यसमा सर्किट रेसिङ, कार्टिङ, र्यालिङ र भर्चुअल रेसिङ (ई-स्पोर्ट्स)जस्ता विधा पनि समावेश हुन्छन्। विश्वकप लेभलको ओलम्पिक ढाँचामा बनेको एफआईए मोटरस्पोर्ट गेम्स २०२४ को मार्चपासमा नेपालको झन्डा फहराएर संसार चिनाउनु गौरव हो भन्ठान्छु।
नेपालमै हुन सक्छ, विश्वकप लेभलको यो खेल
सबैभन्दा पहिला मोटर ई-स्पोर्टस्बारे युवालाई बुझाउन आवश्यक छ। यो गेम यस्तो हो, जुन विश्वकप लेभलको खेल आयोजना नेपालले नै गर्न सक्छ। कम्प्युटरमार्फत खेलिने गेम भएकाले नेपालबाट जतिसक्दो धेरै खेलाडी उत्पादन गर्न सक्यो त्यति नै राम्रो हुन्छ। अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न सकिने यस्ता प्रतियोगितामा युवालाई सहभागी गराई भविष्यमा नेपालले नै आयोजना गर्न सक्ने सम्भावना पर्याप्त छ।