काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामाजिक सञ्जाल र डिजिटल वालेटमार्फत भइरहेको ठगी घटनाप्रति सतर्क रहन आग्रह गरेको छ।
पछिल्ला दिनहरूमा फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, व्हाट्सएप, भाइबरजस्ता प्लेटफर्म र ई(सेवा, खल्ती लगायतका डिजिटल वालेट प्रयोगकर्ताहरूलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने गतिविधि तीव्र भइरहेको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार ठगहरूले बैंकका प्रतिनिधि बनेर फोन गर्ने, गोप्य जानकारी माग्ने, सामाजिक सञ्जालमा नक्कली लिङ्क पठाउने, र क्यूआर कोडमार्फत पैसा निकाल्ने जस्ता तरिकाबाट सर्वसाधारणलाई धोका दिइरहेका छन्।
सीआईबीद्वारा सार्वजनिक सुझावः
१. गोप्य जानकारी नदिनुहोस्ः ईसेवा, खल्ती, बैंक वा वित्तीय संस्थाका नाममा आउने फोन वा मेसेजमा पासवर्ड, ओटीपी वा अन्य व्यक्तिगत जानकारी नदिन आग्रह गरिएको छ। यस्ता कुराहरूको सत्यता पहिचान गर्न सम्बन्धित संस्थाको आधिकारिक माध्यमबाट सम्पर्क गर्नुहोस्।
२. नक्कली लिङ्कबाट सतर्क रहनुहोस्स् सामाजिक सञ्जाल वा मेसेजिङ एपहरूमा आएका शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्। यस्ता लिङ्कले नक्कली वेबसाइटमा पुर्याएर तपाईंको जानकारी चोरी गर्न सक्छ।
३. एआई निर्मित संवादहरूबाट बच्नुस्ठः गहरूले अब कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी नक्कली संवाद सिर्जना गरी ठगी गर्न खोजिरहेका छन्। कुनै सन्देश वा अनुरोधको वास्तविकता पूर्ण रूपमा जाँच गर्नुहोस्।
४. अपरिचित क्यूआर कोड प्रयोग नगर्नुहोस्स् क्यूआर कोड स्क्यान गरेर पैसा पठाउन अनुरोध गरिएमा यसको स्रोत र उद्देश्यबारे सुनिश्चित हुनुहोस्।
५. ठगीका पछिल्ला घटनाहरू सीआईबीका अनुसार हालैका ठगी घटनाहरूमा ५० हजारदेखि १६ लाख रुपैयाँसम्म रकम संलग्न रहेको छ। सरकारी कर्मचारीको नक्कल गरी ठगी गर्ने गिरोहहरू सक्रिय रहेकोले सतर्क रहन आग्रह गरिएको छ।