काठमाडौं। ग्लोबल आइएमई बैंकले १८औं वार्षिकोत्सव अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। पुस १८ मा स्थापनाको १९औं वर्ष प्रवेश गरेको बैंकले सातवटै प्रदेशमा एकैसाथ रक्तदानका साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण सञ्चालन गरेको हो।
कार्यक्रमअन्तर्गत, कोसी प्रदेशको तीनपैनी शाखा, मधेसको जनकपुर शाखा, बागमतीको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकीको पोखरा न्यूरोड शाखा, लुम्बिनीको मिलनचोक बुटवल शाखा र नेपालगन्ज शाखा, कर्णालीको सुर्खेत शाखा र सुदूरपश्चिमको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा ७५७ रक्तदाताले रक्तदान गरेका थिए भने ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेह परीक्षण गरी आवश्यक परामर्श दिइएको थियो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई दृष्टिगत गरी समाजपयोगी कार्यमार्फत जनमानसलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ।
बैंकले हाल ३५५ शाखा, ३८४ एटिएम, २३७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।