एउटा परम्परागत भनाइ छ, ‘जग बलियो भए पो घर बलियो हुन्छ।’ व्यक्तिको जीवन होस् वा मुलुकको भविष्य। त्यसको आधार शिक्षा हो। नेपालमा विद्यार्थीको आधार बलियो बनाउन निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेका छन्। शिक्षा भनेको मात्र परीक्षा परिणामको मापन होइन; यो त खुसीसँग बाँच्न सिकाउने, आफ्नो क्षमताअनुसार जीवनको हाँसो र सन्तोष महसुस गर्न सिकाउने प्रक्रिया हो।
सरकारले शिक्षामा निजी क्षेत्रको आवश्यकता महसुस गरेरै निजी स्वामित्वका विद्यालयलाई प्रोत्साहन गरेको छ। शिक्षामा निजी क्षेत्रले धेरै छलाङ मारिसकेको छ। तथाकथित अंग्रेजी माध्यमका स्कुलदेखि अधिकांश विद्यालय विश्वव्यापी रूपमै काम गर्ने भइसकेका छन्। विद्यालय शिक्षा विश्वविद्यालय शिक्षाभन्दा पनि महत्वपूर्ण हुन्छ। यो हरेक बालबालिकाको भविष्यको आधारशिला हो। विद्यार्थीको शारीरिक, मानसिक, मूल्य मान्यता र भावनात्मक विकासदेखि भविष्यको मार्गचित्रसम्म विद्यालय शिक्षामा केन्द्रित हुन्छ। त्यसैले मान्छेको जीवन जिउन विद्यालय शिक्षा पर्याप्त हुनुपर्छ।
विद्यालय शिक्षा भनेको केवल डाक्टर वा इन्जिनियर बनाउने मात्र होइन, जीवन चलाउन र समाजमा नेतृत्व गर्न आवश्यक आधारभूत ज्ञान र सीप प्रदान गर्न हो। शिक्षाले व्यक्तिलाई व्यावहारिक रूपमै सक्षम बनाउनुपर्छ। जस्तै, ३ हजार स्क्वायर फिटको घर बनाउन कति बजेट लाग्छ भन्नेजस्ता विषयमा जानकार हुनुपर्छ। यसका लागि गणित, विज्ञान, र भाषाले अध्ययनका क्रममा व्यावहारिक ज्ञान दिनुपर्छ। कुनै ग्याजेट किनेर ल्याउँदाको म्यानुअल पढ्न सक्ने स्तरको सीपले जीवन बुझ्न र अघि बढ्न सहयोग पुर्याउनुपर्छ। विद्यालय शिक्षाले जीवनसँग प्रत्यक्ष जोडिएर व्यक्तिलाई सक्षम र व्यावहारिक बनाउनुपर्छ।
विश्वको सबैभन्दा राम्रो शैक्षिक प्रणाली भएको देश फिनल्यान्ड मानिए पनि मानवीय नैतिकताको दृष्टिले नेपाल अब्बल छ। ती मुलुकको शैक्षिक गुणस्तर राम्रो भएकाले हामीले त्यसलाई नक्कल गर्न खोजिरहेका छौँ। तर राम्रा शैक्षिक प्रणाली अपनाउन खोज्दा ती मुलुकको शिक्षाको समाजमा परेको प्रभाव पनि ध्यान दिनुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासलाई उत्कृष्ट मान्दै हामी धेरै कुरा उनीहरूकै झल्कोमा लिन प्रयास गरिरहेका छौं। यस प्रक्रियामा हाम्रो मौलिकता र मूल्य हराउने जोखिम छ, जसले भविष्यमा हाम्रा बालबालिकामा मानवता र नैतिकता अभाव निम्त्याउन सक्छ।
गुणस्तरीय शिक्षाका लागि गुणस्तर शिक्षक जरुरी छ। यसका लागि हामीलाई पेसागत उद्देश्यमा शिक्षक चाहिन्छ। उत्कृष्ट शिक्षा भनिएका मुलुकका तुलनामा हामीले न्यून स्रोत–साधनमा पनि निजी विद्यालयलाई राम्रोसँग सञ्चालन गरेका छौं। अन्य मुलुकमा शिक्षकको उद्देश्य राखेरै यो पेसामा आउने गर्छन् तर, नेपालमा अरू कुनै पेसा, व्यवसायमा संलग्न हुन नसकेपछि अन्तिम विकल्प शिक्षक हुने गरेको पाइन्छ। यद्यपि पछिल्लो समय यस्तो प्रवृत्ति केही परिवर्तन हुन थालेको छ। तर, शिक्षक पेसालाई सामान्यीकरण गरेकाले यसलाई अझै सही स्थान दिन सकिरहेको छैन।
गुणस्तरीय शिक्षाका लागि गुणस्तर शिक्षक जरुरी छ। यसका लागि हामीलाई पेसागत उद्देश्यमा शिक्षक चाहिन्छ। उत्कृष्ट शिक्षा भनिएका मुलुकका तुलनामा हामीले न्यून स्रोत–साधनमा पनि निजी विद्यालयलाई राम्रोसँग सञ्चालन गरेका छौं।
हाम्रो समाजमा आमाबुबाले बालबालिकालाई डाक्टर, इन्जिनियर वा पाइलट बनाउने सोच राख्छन्, तर शिक्षक बन्न प्रोत्साहन गर्दैनन्। उदाहरणका लागि, पूर्णबहादुरको सारंगी चलचित्रमा पात्रले मरेर गए पनि डाक्टर नै बनायो, तर शिक्षक बनाउन खोजेन। यो हाम्रो समाजमा जागिरको ‘सोसियल भ्यालु’ कस्तो छ भन्ने स्पष्ट प्रतिविम्ब हो।
जबसम्म गुणस्तरीय शिक्षक हुँदैनन्, तबसम्म गुणस्तरीय शिक्षा सम्भव छैन। आकर्षक विद्यालय भवन र सुविधाले मात्रै शिक्षा गुणस्तरीय हुँदैन। यद्यपि, राम्रो पूर्वाधार र सुविधा उपयोगी हुन सक्छ। शिक्षाको केन्द्रबिन्दु भने शिक्षककै भूमिका हो। परापूर्व कालमा राम्रो भवन नभएको अवस्थामा पनि राम्रा शिक्षक आएर बालबालिकालाई उत्कृष्ट शिक्षा प्रदान गरे। त्यतिबेला शिक्षकलाई महान् मानिन्थ्यो, किनभने उनीहरू रहरले यो पेसा अँगाल्थे र मनदेखि पढाउँथे। अहिले भने शिक्षा भवन, खेलमैदान र सुविधामै सीमित भइरहेको छ। तर, शिक्षाको मेरुदण्ड कक्षाकोठामा शिक्षकले पढाउने तरिकामा भर पर्छ।
आज शिक्षक बन्ने आकांक्षासाथ धेरै कम व्यक्ति आउँछन्। शिक्षकले कक्षाकोठामा सुपरभाइजर र मनिटरको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने आधारभूत ज्ञान अभाव देखिन्छ। यो अवधारणा थुप्रै शिक्षण संस्थामा प्राथमिकतामा छैन। प्रधानाध्यापकसँग कुरा गर्दा प्रायः शिक्षकलाई कसरी उत्प्रेरित गर्ने भन्ने प्रश्न उठ्छ। तर, शिक्षक बन्ने निर्णय गरेका व्यक्तिले आफैं प्रेरित भएर आउनुपर्छ। शिक्षाको ज्योति फैलाउँदै समाजलाई सकारात्मक रूपमा प्रभावित पार्ने सोचसहित यस क्षेत्रमा प्रवेश गर्नुपर्ने हो।
यहाँ शिक्षणका लागि ‘मोटिभेसनल स्पिकर’को बजार चलिरहेको छ। वास्तविकता भने, शिक्षक बन्ने इच्छाशक्ति र प्रेरणा नै शिक्षाको प्रभावकारिताको मुख्य आधार हो। शिक्षण पेसा रहर र जिम्मेवारी दुवैका साथ अँगालेर मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ।
प्रधानाध्यापक वा शिक्षासम्बन्धी सेवा दिने संस्थाहरू प्रायः शिक्षक व्यवस्थापन र उनीहरूलाई मैदानमा कसरी तयार गर्ने भन्नेमा केन्द्रित हुन्छन्। तर, कति कक्षाका शिक्षकलाई व्यवस्थापन गरे मात्रै समस्या समाधान हुन्छ भन्ने सोच गलत अभ्यास हो। यस्तो दृष्टिकोणले शिक्षण प्रक्रियामा दीर्घकालीन सुधार ल्याउन सक्दैन। यसलाई ‘हार्ने खेल’ मान्न सकिन्छ।
शिक्षण पेसाप्रति शिक्षकको मानसिकता नै परिवर्तन गरी आफैं प्रेरित भएर आउने वातावरण सिर्जना गर्न अत्यावश्यक छ। शिक्षकले रहर र जोससहित शिक्षण पेसा अँगाल्नुपर्छ। त्यस्तो भयो भने मात्रै शिक्षण प्रभावकारी हुन सक्छ। जुनसुकै विषय गणित, विज्ञान, इतिहास, भूगोल, वा मानव विकास पढाउन शिक्षकले बुझाउने र उपयोगी सिकाइ दिन सक्ने क्षमताको विकास गर्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासमा शिक्षण प्रभावकारी हुनुको मुख्य कारण शिक्षकले आफ्नो सोख र रुचिबाट प्रेरित भएर ज्ञान बाँड्ने प्रक्रिया हो। सोखबाट प्रेरित ज्ञान र बाध्यताबाट दिइने ज्ञानमा ठूलो अन्तर हुन्छ। सोखले भरिएको शिक्षकले विद्यार्थीलाई रमाइलो, बुझिने र व्यावहारिक ढंगले पढाउन सक्ने सामथ्र्य राख्छ। त्यसपछिको निरन्तर मिहिनेतले शिक्षकलाई ज्ञान र सीप दुवैमा अब्बल बनाउँछ।
हाल शिक्षकलाई प्रभावकारी बनाउने उद्देश्यले थुप्रै सेमिनार र तालिम आयोजित गरिएका छन्। तर, यो प्रयासबाट अपेक्षित सुधार भएको देखिँदैन। यति धेरै समय र स्रोत लगानी गर्दा पनि परिणाम किन आएन भन्ने प्रश्न उठ्छ। विद्यालयका सञ्चालक, निर्देशक, प्रधानाध्यापक, वा वडा अध्यक्ष सहायक भूमिकामा मात्रै हुन्छन्। विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने प्रमुख व्यक्ति भनेकै शिक्षक हुन्।त्यसैले, शिक्षण पेसाप्रति रहर र प्रेरणा भएको व्यक्तिले मात्रै यो क्षेत्र रोज्ने संस्कार विकास गर्नुपर्छ। यस्तै मानसिकता र उद्देश्यले भरिएका शिक्षकले मात्र विद्यार्थीको शैक्षिक यात्रामा वास्तविक परिवर्तन ल्याउन सक्छन्।
गुणस्तरीय शैक्षिकक व्यवस्थापनमा अभिभावक
शिक्षा उपभोग गर्ने भनियो। त्यसपछि मान्छेले शिक्षा किन्न थाल्यो। बिक्न थाल्यो शिक्षा। अन्य मुलुकमा सरकारले नै शिक्षामा ठूलो लगानी गरेको छ। तर, नेपालमा सरकारको तुलनामा निजी क्षेत्रको लगानी ठूलो छ। सरकारले व्यवस्थापन गर्न नसकेपछि निजी विद्यालय आएका हुन्। यो वास्तविकता हो। निजी क्षेत्र पनि बाँच्नुप¥यो। यसपछि ती संस्थाले शिक्षा बेच्न थाले। कुनै पनि कुरा बेच्नका लागि गुणस्तरीयता कायम गर्नैप¥यो। नत्र त शिक्षा बिक्दैन। बजार उपभोक्ताले नियन्त्रण गर्न थाले।
जबसम्म गुणस्तरीय शिक्षक हुँदैनन्, तबसम्म गुणस्तरीय शिक्षा सम्भव छैन। आकर्षक विद्यालय भवन र सुविधाले मात्रै शिक्षा गुणस्तरीय हुँदैन। यद्यपि, राम्रो पूर्वाधार र सुविधा उपयोगी हुन सक्छ। शिक्षाको केन्द्रबिन्दु भने शिक्षककै भूमिका हो।
विदेशमा पढेका व्यक्तिले स्वदेश फर्किएर आफ्ना सन्तानलाई त्यही स्तरको शिक्षा दिन चाहनु स्वाभाविक हो। बाहिरको अनुभव र शिक्षाबाट प्रेरित भएर स्वदेशमा केही गर्ने भावना राख्नेहरू प्रशस्त छन्। कतै कसैको आवश्यकता मेरो व्यवसाय बनेको होला, तर निजी विद्यालयको समाजप्रतिको उत्तरदायित्व उच्च हुने भएकाले यो केवल व्यावसायिक पाटो मात्र होइन।
सरकारले निजी विद्यालयलाई ‘आफ्नै लगानी गर, कर तिरिदेऊ, हामी जिम्मा लिँदैनौं’ भन्ने नीति अपनाएपछि निजी विद्यालय स्वतन्त्र तर बजारबाट नियन्त्रित बने। निजी क्षेत्रमा पैसा बढी देखिन सक्छ, तर यसको मूल उद्देश्य ज्ञान दिने र गुणस्तरीय शिक्षा प्रदान गर्नु हो। यसका लागि शुल्क लिइन्छ, जुन अन्ततः गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि लगानी गरिन्छ।
गुणस्तरीय शिक्षाका लागि व्यवस्थापन र अभिभावक दुवैको बराबर भूमिका हुन्छ। बालबालिकाले अभिभावकलाई शिक्षित गरेपछि अभिभावकले विद्यालय व्यवस्थापनलाई प्रतिक्रिया दिन्छन् र व्यवस्थापनले फेरि अभिभावकलाई शिक्षित गर्छ। यो हातेमालो प्रक्रियाले निजी विद्यालयमा व्यवस्थापन समावेशी र पारदर्शी बनेको छ। पिटिसी (प्यारेन्ट–टिचर मिटिङ), अभिभावक सर्वेक्षण र उनीहरूको प्रतिक्रियालाई व्यवस्थापनमा समेट्ने अभ्यास निजी विद्यालयमा राम्रोसँग लागू भएको छ। अभिभावकको प्रत्यक्ष सहभागिता र पारदर्शिताका कारण व्यवस्थापन पाटो थप निखारिएको छ।
सरकारी विद्यालयमा अभिभावकको प्रत्यक्ष लगानी नभएकाले यो सहभागिता तुलनात्मक रूपमा कमजोर भएको हुन सक्छ। सरकारी शिक्षामा सबैको करबाट लगानी भए पनि सचेतना र उत्तरदायित्वको स्तर त्यति स्पष्ट छैन। निजी विद्यालयको अनुभवले शिक्षा व्यवस्थापनमा पारदर्शिता र समन्वयको महत्व उजागर गरेको छ।
निजी विद्यालय भन्नासाथ पैसाको कुरा लिइन्छ। तर, यो मात्रै भने होइन। त्यहाँ कम्युनिकेसन कसरी गरिन्छ भन्ने महत्वपूर्ण पाटो हो। बच्चादेखि अभिभावकबाट आएको गुनासो सम्बोधन गरिन्छ। बेवास्ता गरिँदैन। निजी विद्यालय अभिभावकबाट गुनासा आउँछन् भनेरै त्राहीत्राही भएर काम गर्छन्। एउटा अभिभावक आएर केही भन्यो भने निजी विद्यालयको व्यवस्थापन नै हल्लिन्छ। यो भनेको विद्यालयले अभिभावकप्रति गर्ने आदर हो। तर, सरकारी विद्यालयमा त्यसो देखिँदैन। अप्रत्यक्ष रूपमा भए पनि सरकारलाई पैसा तिरिएको छ।
सही व्यवस्थापनका लागि सही नीति
व्यवस्थापन पाटो सुदृढ बनाउन प्रभावशाली नीति र सिद्धान्त अपरिहार्य हुन्छन्। प्रत्येक पक्षका लागि नीतिगत व्यवस्था आवश्यक छ। शुल्क निर्धारणदेखि सुरक्षासम्म, खाना, खाजालगायत सबैका लागि छुट्टाछुट्टै नीति र मार्गदर्शन तयार गरिनुपर्छ। जस्तै, सिसिटिभी कहाँ राख्ने, यसको पहुँच कसलाई दिने, विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि खानेपानीको गुणस्तर कसरी मापन गर्ने, रिपोर्ट कहिले र कसरी उपलब्ध गराउने, शौचालयको सरसफाइ जाँच र प्रतिवेदनको जिम्मा कसलाई दिने भन्ने सबैका लागि स्पष्ट मापदण्ड हुनुपर्छ।
प्रत्येक स–साना सेवाका लागि नीति, मार्गदर्शन, र मापदण्ड परिभाषित गर्नाले संस्थाको कार्यसम्पादन व्यवस्थित र पारदर्शी हुन्छ। यी सबै सेवा सञ्चालन कसरी गर्ने, मनिटरिङ र रिपोर्टिङ प्रक्रिया कस्तो हुने भन्ने कुरा पनि स्पष्ट निर्धारण हुनुपर्छ। साथै, आफ्ना सदस्यलाई शिक्षित र प्रशिक्षित गर्ने विधि र उपायसमेत परिभाषित गरिनुपर्छ।
यस प्रकारका व्यवस्थित व्यवस्थापनका कारण केही हदसम्म गुणस्तरीय शिक्षा दिन निजी विद्यालय सफल भएका हुन्। शिक्षा व्यवस्थापनमा स–साना पक्षलाई समेत महत्व दिएर काम गर्दा समग्र शिक्षाको गुणस्तरमा सुधार आउन सक्ने स्पष्ट संकेत देखिन्छ। निजी क्षेत्रको राम्रो पक्ष को नेतृत्व एकदमै राम्रो हुनु हो। बलियो नेतृत्व प¥यो भने केही समयमै उसले छलाङ मार्न सक्छ। तर, त्यसको डाउन साइडमा मात्रै निहित हुनै होइन। नीति, मार्गदर्शन, मापदण्डलाई बनाएर लागू गर्नुपर्छ। यसो भएन भने मान्छे सँगसँगै संस्था पनि धराशयी हुन्छ। यसको अभ्यास निजी संस्थामा राम्रो छ। जस्तै, प्रिमियर स्कुलमा स्पष्ट गाइडलाइन छ। हामी हरेक वर्ष समीक्षा गर्छौं। समाज समयअनुसार परिवर्तन भइरहेको हुन्छ। सोहीअनुसार विद्यालयको गाइडलाइन पनि परिवर्तन गरिरहेका हुन्छौं।
गुणस्तरीय शिक्षा नतिजामा मात्रै होइन, खुसी भएर बाँच्न सिकाउनु हो।
व्यवस्थापन राम्रो गर्नु भनेको नै नतिजा राम्रो लिनका लागि हो। यो भनेको शिक्षाको नतिजा मात्रै होइन। त्यो परिणाममा औसत आउनु पनि सफल हुन सक्छ। पढेर धेरै नम्बर ल्याउनु मात्रै ठूलो भन्नु भएन। सबैले उत्कृष्ट नतिजाका आधारमा मात्रै विद्यार्थी भर्ना गर्ने हो भने अरू विद्यार्थी कहाँ जानू? यस मामिलामा हामी स्पष्ट छौं। हामी सामान्य विद्यार्थीलाई पनि समावेश गर्छौं।
गुणस्तरीय शिक्षाको मापन परिणाम होइन किनभने जस्तो बच्चा छ, त्यहीअनुसार विद्यालयले सहायता गर्न सक्छ कि सक्दैन, त्यो नै गुणस्तरीय शिक्षा हो। अब विद्यालय तथा अभिभावकले बुझ्नुपर्छ। पढाइ नम्बरमा मात्रै होइन, गरी खाने शिक्षा, बाँची खाने शिक्षा, हाँसी खाने शिक्षा, खुसी हुने शिक्षा दिन सक्नु नै गुणस्तरीय शिक्षा हो। कुनै बच्चामा अटिजम भए पनि उसले शैक्षिक दृष्टिले खुसी र सन्तुष्टि प्राप्त गर्ने वातावरण पाउनु महत्वपूर्ण छ। उसले अब्बल नम्बर ल्याउन नसके पनि, यदि उसलाई पढ्न र खुसी हुन पहुँच मिल्छ भने त्यही गुणस्तरीय शिक्षा हो।
यसैले, गुणस्तरीय शिक्षा केवल नतिजामा आधारित हुनु हुँदैन। शिक्षा भनेको एक व्यक्तिको समग्र विकास र जीवनमा खुसी भएर बाँच्न सिकाउने प्रक्रिया हो। यसले उसलाई आफ्नो क्षमताअनुसार हाँस्न र रमाइलो गर्न पनि मद्दत पु¥याउँछ। गुणस्तरीय शिक्षा भन्नाले विद्यार्थीलाई केवल पुस्तकको ज्ञान मात्र नदिएर, जीवनका लागि आवश्यक मानसिक र भावनात्मक क्षमता पनि प्रदान गर्नुपर्छ, जसले तिनको जीवनलाई पूरा र सन्तुष्ट बनाउँछ।
(लिम्बू नेपाल मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष हुन्)