काठमाडौं। होटल तथा रेस्टुरेन्ट र प्रतिष्ठानमा साढे ५ खर्ब स्थायी सम्पत्ति रहेको विवरण सार्वजनिक भएको छ।
नेपालमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान (होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सदन, छात्रावास÷होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ/पार्टी प्यालेस) प्रतिष्ठानमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको हो।
दुई दशकपछि गरिएको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण–२०८० अनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१.६ प्रतिशत प्रतिष्ठान ऋण नभएको/नलिएका छन्।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस्ता प्रतिष्ठानले करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरी करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको देखाएको छ।
२०८० साउन १ गतदेखि २०८० असारसम्म गरिएको सर्वेक्षणले आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको देखाएको छ।
यी उद्योगले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा १.९६ प्रतिशतको योगदान दिएको देखिएको छ। तथ्यांकअनुसार आवास तथा भोवन सेवा दिन प्रतिष्ठानमध्ये रेस्टुरेन्टको मात्रै हिस्सा ८८ प्रतिशत छ भने बाँकी रहेको १२ प्रतिशत प्रतिष्ठान मात्रै तारे होटल, लज र अरु भोजन सेवा गर्ने निकाय छन्।
कुन प्रदेशमा कति होटल
सर्वेक्षणअनुसार देशैभर रहेका १ लाख ४२ हजार प्रतिष्ठानमध्ये तारे होटल १२६ वटा, तारे नभएका र लज ११ हजार ९१९ वटा छन्। रिसोर्ट १२६ वटा, होमस्टे १ हजार ३४५ वटा, रेस्टुरेन्ट १ लाख २६ हजार ८५९ वटा र क्याटरिङ/पार्टी प्यालेस ८०१ वटा रहेका छन्।
यीमध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेसमा ११ हजार ७ सय ४०, बागमतीमा ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनीमा २० हजार १ सय ५६, कर्णालीमा ७ हजार १ सय १० र सुदूरपश्चिममा प्रदेशमा ८ हजार २ सय २८ छन् ।
बागमतीका होटल उद्योगमा डेढ लाख व्यक्ति संलग्न
नेपालको होटल तथा रेष्टुरेन्टमा ३ लाख ८७ हजार ७४७ व्यक्ति संलग्न भएको तथ्यांकले दखाएको छ। यसमा सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख ६२ हजार ५८६ व्यक्ति यस क्षत्रमा संलग्न रहेको तथ्यांकमा उल्लेख छ।
कोसीमा ६२ हजार ५३, मधेशमा २८ हजार ६७०, गण्डकीमा ४७ हजार ६१८, लुम्बिनीमा ५१ हजार २७८, कर्णालीमा १५ हजार ६९३ र सूदुरपश्चिममा १९ हजार ८४९ जना व्यक्ति होटल उद्योगमा संलग्न छन्।
सर्वेक्षणले यो उद्योगबाट कुल १ लाख ६ हजार ४५९ जनाले रोजगारी पाएको देखाएको छ। जसमा कोसीमा १० हजार २४८, मधेसमा ६ हजार १९२, बागमतीमा ६२ हजार ४०५, गण्डकीमा १२ हजार ४६७, लुम्बिनीमा ९ हजार ८५२, कर्णालीमा १ हजार ६९४ र सुदूरपश्चिममा ३ हजार ६०२ जनाले रोजगारी पाएका छन्।
प्रदेशगत कर्जा प्रवाह स्थिति
आवास तथा भोजन सेवा उपलब्ध गराउने प्रतिष्ठानमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१.६ प्रतिशत प्रतिष्ठानले ऋण नभएको/नलिएका छन्। प्रदेशगत रुपमा हेर्दा काशी प्रदेशका ३३.१ प्रतिशतले बर्जा लिँदा ६६.९ प्रतिशतले लिएका छैनन्।
मधेस प्रदेशका ३७.८ प्रतिशत होटलले कर्जा लिँदा ६२.२ प्रतिशतले लिएका छैनन्। बागमतीका २३.५ प्रतिशतले ऋण लिँदा ७६.५ प्रतिशतले लिएका छैनन्।
गण्डकीका २६.९ प्रतिशतले ऋण लिँदा ७३.१ प्रतिशतले लिएका छैनन् भने लुम्बिनीका २५.३ प्रतिशतले कर्जा लिँदा ७४.७ प्रतिशतले लिएको देखिँदैन।
तथ्यांकअनुसार कर्णालीका २७.६ प्रतिशतले कर्जा लिँदा ७२.४ प्रतिशतले लिएको देखिँदैन भने सुदूरपश्चिमका ४१.८ प्रतिशतले वित्तीय संस्थाबाट कर्जा लिँदा ५८.२ प्रतिशतले कर्जा लिएका छैनन्।