काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । शिवम् सिमेन्ट, सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त वित्तीय संस्था र लक्ष्मी सनराइज बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले लक्ष्मी सनराइजको ५ प्रतिशत, साना किसान विकास लघुवित्तको १३ दशमलव ३० प्रतिशत, डिप्रोक्स लघुवित्तको ९ दशमलव ५० प्रतिशत, सांग्रिलाको ३ दशमलव ६५१६ प्रतिशत र शिव्म सिमेन्टको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजन पश्चात शिवम् सिमेन्टको मूल्य रू. ५१२ दशमलव २१, सांग्रिलाको रू. ३७२ दशमलव ४०, डिप्रोक्स लघुवित्तको रू.७८५ दशमलव ३९, साना किसानको रू.८१४ दशलमव ६५ र लक्ष्मी सनराइज बैंकको रू. २२४ दशमलव ७६ कायम भएको छ ।
नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
मंगलवार दोस्रो बजारमा लक्ष्मी सनराइज बैंकको शेयर मूल्य रू.२३६, साना किसानको रू.९२३, डिप्रोक्सको रू.८६०, सांग्रिलकोरू.३८६ र शिवम् सिमेन्टको रू.५५६ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर भोलि बुधवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।