काठमाडौं। यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसरमा आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, अन इट’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकलाई केवल ७.९९ प्रतिशतको न्यून ब्याजदरमा यामाहा मोटरसाइकल वा स्कुटर किन्न अवसर प्रदान गरेको छ।
यो अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘ड्रिम इट, अन इट’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरमा (शर्तसहित) उपलब्ध हुनेछ। ग्राहकले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाको फाइदा लिन सक्ने छन्। साथै, योजनाले सरल कागजी प्रक्रिया र रुचीअनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्दछ।
यस योजनासँगै यामाहा नेपालले ‘टेस्ट राइड एण्ड विन’ अभियान पनि ल्याएको छ। यस अभियानअन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहार पाउनेछन्। लक्की ड्रमार्फत् आकर्षक उपहार जित्ने अवसर ल्याएको हो।
एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपक कुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भन्नुभयो, ‘ड्रिम इट, अन इट’ वित्तीय योजनामार्फत् हामीले ग्राहकका लागि यामाहा मोटरसाइकल र स्कुटर पहुँच योग्य बनाउने लक्ष्य राखेका छौं ।'
यो पहलले यामाहाको ग्राहक सन्तुष्टिप्रतिको समर्पणलाई प्रस्ट्याउँदै ग्राहकलाई यामाहाको प्रविधि र प्रदर्शनलाई प्रत्यक्ष अनुभव गर्न प्रोत्साहित गरेको छ। यामाहा नेपाल, एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी हो।
प्राविधिक उत्कृष्टता, नवीनता र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता बोकेको यामाहा नेपालले पहिलो पटक एफआई मोटरसाइकल र स्कुटर नेपालमा प्रस्तुत गरेको हो। यामाहा नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी हो। जसको १०० भन्दा बढी आधिकारिक डिलर आउटलेट छन्।