काठमाडौं । नेपालका लागि टाटा मोटर्सको जेन्युइन पार्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टसले टाटा मोटर्सको जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ ।
अन्तर्रािष्ट्रय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टसका एक सयभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो ।
उक्त समारोहका क्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर रामाकृष्णन, सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेशनल बिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स लिमिटेड, इन्टरनेशनल बिजनेस कस्टमर केयर प्रमुख गणेश शेट्टी थिए ।
यस्तै सिप्रदी ट्रेडिङ्गका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टसका प्रबन्ध निर्देशक विशाल पटेल तथा सिप्रदी अटोपार्टस्का प्रबन्ध निर्देशक युवराज बुढाथोकीले संयुक्त रुपमा टाटा मोटर्स जेन्युइन आयल अन्तर्रािष्ट्रय बजारमा औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गरेको छन ।
समारोहमा टाटा मोटर्सका ग्लोबल हेड आर रामाकृष्णले भने, ‘टाटा मोटर्स जेन्युइन इन्जिन आयल ल्याएर हामीले ग्राहकहरूसँगको हाम्रो सम्बन्धलाई थप बिस्तार गरेका छौँ । गाडीको अवस्था ठीक राख्न, कम इन्धन खपतका लागि र लामो ड्रेन इन्टरभलका लागि यो निकै उपयुक्त छ ।’
सिप्रदी ट्रेडिङ्गका सीईओ राजनबाबु श्रेष्ठले सबै सेग्मेन्टहरूमा ग्राहक पहिलो रोजाइ भन्ने आफ्नो उद्देश्यलाई पछ्याउँदै टाटा मोटर्ससँगको साझेदारीमा टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक गरेको बताए ।