काठमाडौँ। दीपक कुमार गुरुङ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा उदाएका माछा पालन व्यवसायी हुन्। एक वर्षअघि ३ पोखरीमार्फत् माछा पालन व्यवसायमा प्रवेश गरेका उनले छोटो व्यवसायिक यात्रामा मनग्य आम्दानी गर्न सफल भएका छन्।
स्वदेशमा केही गर्न सकिँदैन र? केही छैन? भन्ने भाष्यलाई चिर्दै गुरुङले ‘जुली इन्टिग्रेटेड लाइभष्टक फिस एण्ड एग्रिकल्चर फार्म’ सञ्चालनमा ल्याएका हुन्। यसै फार्मबाट उनले केही व्यक्तिलाई रोजगारी दिइरहेका छन्।
माछा पालन व्यवसाय सुरु गर्नुअघि गुरुङ टेक्नेसियनको रुपमा कार्यरत थिए। सोही काम गर्ने सिलसिलामा उनी नबिल बैंक लिमिटेडको नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा जोडिए। टेक्निसियनको रुपमा काम गरेर दैनिक गुजारा गरिरहेका उनलाई नबिल एसएसई फेलोसिपले नै माछा पालकतर्फ डो¥यायो र व्यवस्थापकीय उद्यमशीलता पनि सिकायो।
गुरुङ दिव्य ज्योति बहुमुखी क्याम्पसमा नबिल बैंकले सञ्चालन गरिरहेको नबिल एसएसई सर्टिफिकेसन कोर्समा सहभागी भएका थिए। सोही कोर्स लिने क्रममा एक दिन उनीहरूलाई फिल्ड भिजिटमा लगियो। फिल्ड भिजिटमा जाँदा उनले अन्य व्यक्तिले माछा पालनमार्फत् मनग्य आम्दानी गरिरहेको देखे। माछा पालन व्यवसायले उनलाई आकर्षित मात्रै गराएन, आफै माछा पालनतर्फ लाग्न प्रेरित गरिदियो।
उनीसँग माछा पालन गर्न योग्य जमिन थियो। तर, जग्गा प्रतिकठ्ठा वार्षिक १ हजार रुपैयाँमा अरूलाई कमाउन दिइएको थियो। उनले २७ कठ्ठा जग्गाको वार्षिक २७ हजार रुपैयाँ मात्रै लिएर बस्नुभन्दा माछा फार्म गर्नसके धेरै आम्दानी लिन सक्ने आँकलन गरे। त्यसपछि, उनले माछा पालनका लागि आफू नजिकैको नबिल बैंकबाट निश्चित ब्याजदरमा कर्जा लिए।
व्यवसाय सुरु गर्नुअघि उनीसँग कुन आकारमा कति लगानीमा व्यवसाय सुरु गर्ने भन्ने प्रश्न आयो। सुरुवाती चरणमा सानै लगानीबाट परीक्षण गरी व्यवसाय सुरु गर्दा उचित हुने निचोडमा पुगे, उनी। त्यसपछि १३ लाख ५० हजार रुपैयाँको सुरुवाती लगानीबाट तीन वटा पोखरी तयार गरेर उनले माछा पानल व्यवसाय थालनी गरे। हाल उनको हरेक पोखरीमा ६/६ महिनामा माछा तयार हुने गर्दछ।
तीन पोखरीमा अलगअलग जातका करिब ४ हजार ५०० माछा राखेर उनले हुर्काउन सुरु गरे। उनका अनुसार पोखरीमा लगाइएको प्रत्येक ६ महिनामा माछा बजारमा बिक्री गर्नका लागि तयार हुन्छ। एक पटकमा एउटा पोखरीबाट लगभग ३ लाख १५ हजार रुपैयाँ आम्दानी हुने गरेको उनी सुनाउँछन्। यसरी, एउटा पोखरीबाट वार्षिक ६ लाख ३० हजार र तीन वटा पोखरीबाट वर्षमा १८ लाख ९० हजारसम्म आम्दानी हुने उनको भनाइ छ।
एउटा पोखरीबाट वार्षिक ६ लाख ३० हजार र तीन वटा पोखरीबाट वर्षमा १८ लाख ९० हजारसम्म आम्दानी हुने उनको भनाइ छ।
‘बजार व्यवस्थापन गरेर हामीले माछा खेतीबाट मनग्य आम्दानी गरिरहेका छौँ, माछालाई आहारा खुवाउँदा लाग्ने खर्च पनि न्यून छ, खर्च न्यून लाग्ने र आफ्नो घरमा हुने ढुटो तथा घाँसपात हालेर हुर्काउने जातका समेत माछा राखिएकाले लागत खर्च कम छ,’ गुरुङ भन्छन्, ‘अहिले दुई वटा पोखरीको माछा बिक्री गरेर सुकाइरहेको अवस्था छ, एउटा पोखरीमा बजार व्यवस्थापनका लागि माछा स्टकमा राखिएको छ।’ अहिले चिसो मौसम भएको हुँदा पछि विवाहमा पनि माछाको माग बढी हुने भएकाले स्टकमा राखिएको उनको भनाइ छ।
संयुक्त परिवार भएकाले गुरुङको घरका सबै माछा पालन व्यवसायमा सक्रिय छन्। हाल परिवारका चार जना र बाहिरका दुई जना मिलेर माछा पालन गरिरहेका उनी सुनाउँछन्। माछा पालन सुरु गरेको एक वर्षमात्रै भएको र परीक्षणको रुपमा लिइएको वर्ष मनग्य आम्दानी भएकोमा उनी खुसी छन्, उनी। बर्दघाट नगरपालिकाभित्र हाटबजार धेरै भएकाले उक्त फार्ममा उत्पादन भएको अधिकांश माछा स्थानीय स्तरमा बिक्री हुने गर्दछ।
बर्दघाट भारतको खुला नाका नजिकै छ। बाहिरबाट माछा आउने सहज बाटो पनि छ। तर, नगरपालिकाले खुला क्षेत्रबाट आउने माछालाई बन्देज लगाएकाले उत्पादनको ठूला हिस्सा त्यही बिक्री हुन्छ। यसका बाबजुद नारायणघाट र बुटवलसम्म बिक्रीका लागि माछा लैजाने गरेको उनको भनाइ थियो। उनको फार्मको माछाको माग काठमाडौं र पोखरादेखि आए पनि त्यहाँसम्म पु¥याउन कठिन हुने बताउँछन्।
छोटो समयमा माछा व्यवसायमा राम्रो आम्दानी गर्न सक्नुको श्रेय उनी नबिल एसएसई सर्टिफिकेसन कोर्सलाई पनि दिन्छन्। ‘नबिलको एसएसई कोर्ष लिनका लागि मैले करिब तीन महिना समय दिएको थिए। उक्त समय खर्चेर आज यो उपलब्धि हासिल भएकोमा मलाई खुसी मिलेको छ,’ गुरुङ भन्छन्, ‘उक्त कोर्सबाट मैले व्यवसाय व्यवस्थापन, पैसाको व्यवस्थापन र डिजिटल मार्केटिङ सिक्ने मौका पाए जसले व्यवसाय अघि बढाउन धेरै सहयोग गरेको छ।’
माछा पालन सुरु गरेको एक वर्षमात्रै भएको र परीक्षणको रुपमा लिइएको वर्ष मनग्य आम्दानी भएकोमा उनी खुसी छन्, उनी। बर्दघाट नगरपालिकाभित्र हाटबजार धेरै भएकाले उक्त फार्ममा उत्पादन भएको अधिकांश माछा स्थानीय स्तरमा बिक्री हुने गर्दछ।
उनी आफू र आफूजस्ता देशमै केही गर्ने चाहना भएका व्यक्तिलाई नबिल एसएसई कोर्ष लिन सुझाव दिन्छन्। ‘यही माटोमा सुन फलाउन सकिँदो रहेछ, हामीसँग त्यो खुबी पनि रहेछ, चिन्न नसकेको मात्रै हो,’ उनी भन्छन्, ‘नेपालमै उद्यमी गर्न चाहने व्यक्तिका नबिल एसएसईको तालिम लिन आग्रह गर्दछु जुन प्रत्येक छ महिनामा खुलिरहेको हुन्छ।’
दिगो र प्रभावकारी उद्यमलाई विस्तार गर्नका लागि नबिल एसएसईले महत्वपूर्ण योगदान दिने उनको तर्क छ। खासगरी, नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुची राख्ने, नवीन सोच भएका, तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्ग निर्देशन प्रदान गर्ने उद्देश्य राखेर नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण र सूचना प्रविधिलगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सिप तथा तालिम प्रदान गर्दै आएको छ। गुरुङ पनि नबिल एसएसईले उद्यम विकासमा महत्वपूर्ण योगदान पुर्याएको सुनाउँछन्।