काठमाडौँ। चिसो मौसम सुरु भएसँगै बजारमा विद्युतीय सामानको माग बढ्ने गर्छ। विशेषतः घर तथा कार्यालयमा विद्युतीय सामान हिटर, गिजर, एसी, पानी तताउने केटलीजस्ता विद्युतीय सामानको बिक्री बढेको बिक्रेताहरू बताउँछन्।
चिसो मौसममा बढी प्रयोग हुने यी सामानहरूको जोहो गर्न ग्राहकहरू विभिन्न ब्राण्डको खोजीमा हुन्छन्। कार्यालयमा हिटर र एसीको बढी प्रयोग हुँदा घरहरूमा गिजर र पानी तताउने केटलीको माग हुने गरेको छ। चिसो मौसममा गिजरले पानी तातो बनाउन सघाउँदा दैनिक जीवनमा सहज बनाउने छ।
हाल बजारमा विभिन्न ब्राण्डका कम्पनीले चिसो मौसमलाई लक्षित गरी हिटर, गिजरलगायत विद्युतीय सामानको बिक्री गरिरहेका छन्। चौधरी ग्रुपको सिजी, बेला ब्राण्डको एलजी, सामसङ ब्राण्डका सामान, हिमस्टार ब्राण्डका सामान बजारमा देखिएका छन्। यी कम्पनीका सामानहरू कमदेखि महँगो मूल्यसम्म उपभोक्ताले खरिद गर्न पाउने छन्। यी सामानको क्षमताअनुसार मूल्य तय गरिएको छ।
सतुंगलस्थित सिजी पार्कका मार्केटिङ प्रबन्धक दिवाकर नगरकोटीले बजारमा क्षमताअनुसारको सामान बिक्री गरिरहेको जानकारी दिए। चिसो मौसममा पानी तताउने केटली, हिटर र गिजरको बिक्री उच्च रहेको उनी बताउँछन्। कम्पनीले नयाँ मोडलका हिटर, गिजर, केटलीलगायत विद्युतीय सामान बिक्री गर्दै आएको उनको भनाइ छ।
सिजी कम्पनीले हाल ‘ओइल् फिल्ड रेडियटर हिटर’को नयाँ मोडल भित्र्याएको छ। रेडियटर हिटर १३ फिन (पाइप), २५ सयदेखि ५ सय वाटसम्म सुविधा रहेको छ। यस्तै, १५ फिनले २८ सयदेखि ४ सय वाट क्षमतासम्मको तापक्रम फैलाउन सक्छ।
कम्पनीले यी हिटरको न्यूनतम मूल्य १२ देखि १५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको नगरकोटी बताउँछन्। यी हिटरमा फिनका सहायताले तापमानका साथै बन्द कोठाभित्र हावा प्रवाहमा कुनै असर नगर्ने उनको भनाइ छ।
यसैगरी, सिजीले बिक्री गर्दै आएको नयाँ श्रेणीको फ्यान ‘हिटर ब्लोअर’ २ हजार वाट क्षमताको छ। यसको मूल्य ४ देखि ५ हजारसम्म पर्दछ।
सिजीले ‘हलोजन हिटर’को नयाँ मोडल बजारमा ल्याएको छ। यसको क्षमता १२ सयदेखि १६ सय वाटसम्म तापक्रम क्षमता रहेको छ। यसको मूल्य करिब चार हजार रुपैयाँसम्म पर्दछ। यो हिटरलाई खुल्ला तथा हावा प्रवाह हुने कोठामा मात्र प्रयोग गर्न सकिन्छ।
कम्पनीले ‘क्वार्ट्ज हिटर’ १८ सयदेखि २२ सय वाटसम्म रहेको छ। यसको मूल्य १५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने छ। हलोजन र क्वार्टज हिटर प्रयोग विधि उस्तै रहेको नगरकोटीले बताए।
सिजीले नयाँ मोडलका विद्युतीय र ग्याँस गिजर बिक्री गरिरहेको छ। यी गिजरको न्यूनतम मूल्य ११ देखि १८ हजार रुपैयाँसम्म रहेको छ। विद्युतीय सिलिण्डरको क्षमता १५ देखि ३० लिटरसम्मको सुविधा रहेको छ। यसको मूल्य १२ देखि १५ हजार रुपैयाँसम्म पर्न आउँछ।
ग्यास गिजर ‘एलईडी डिस्प्ले’को क्षमता ६ लिटरको छ। यसको मूल्य ११ हजार रुपैयाँसम्म पर्ने सिजीका मार्केटिङ प्रबन्धक नगरकोटीले बताए।
सिजी कम्पनीले ग्राहकका लागि आकर्षक योजना ल्याएको छ। कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यान दिँदै वर्षको दुईपटक आकर्षक योजना ल्याउने गरेको छ। सिजीले ल्याएको विद्युतीय उत्पादन ग्राहकको रोजाईमा पर्दै आएको छ। यस ब्राण्डले चिसो र गर्मी दुवै मौसमलाई लक्षित गरी विभिन्न उत्पादन भित्र्याउँदै आएको छ।
बेलाको ब्राण्ड
बेलाको ब्राण्डले चिसो मौमसलाई ध्यान दिँदै विभिन्न विद्युतीय सामान भित्र्याएको छ। यसमा हिटर, विद्युतीय गिजर, ग्याँस गिजर, वासिङ मेसिन ल्याएको छ।
बेलाको ११ ‘फिन’को हिटरले आफै तापक्रम समायोजन गर्दछ। यसले कोठामा ताप नियन्त्रण गर्ने हुँदा राम्रो मानिन्छ। यसको क्षमता ८०० देखि २ हजार वाटसम्म रहेको हुन्छ। यो हिटरको मूल्य ५ हजार ५०० तोकिएको छ।
बेला ब्राण्डको ‘हलोजन हिटर’ पनि बजारमा उपलब्ध रहेको छ। यो हिटरको क्षमता १२ सय वाट छ। यसको न्यूनतम मूल्य १ हजारदेखि ४ हजार रुपैयाँसम्म कायम गरिएको छ।
एलजी ब्राण्ड
एलजी ब्राण्डले पनि नेपाली बजारमा विभिन्न प्रकारका विद्युतीय सामान बिक्री गर्दै आएको छ। जसमा वासिङ मेसिन, डिस वासर जस्ता सामान उपलब्ध रहेको छ।
एलजी ब्राण्डका वासिङ मेसिनले ७ देखि १० किलोसम्मको क्षमता रहेको छ। यसको मूल्य ४३ देखि १ लाख ३९ हजार रुपैयाँसम्म पर्न आउँछ।
सामसङ ब्राण्ड
विभिन्न कम्पनीले जस्तै नेपाली बजारलाई सुहाउँदो सामसङ ब्राण्डका सामानहरू उपलब्ध रहेको छ। ब्राण्डले वासिङ मेसिनदेखि चिसो मौसमा प्रयोग हुने विभिन्न प्रकारका सामान बिक्री गरेको हो।
यस कम्पनीको वासिङ मेसिनमा १२ किलोसम्मको क्षमता रहेको छ। यसको मूल्य ७३ देखि १ लाख ६६ हजार रुपैयाँसम्म पर्दछ।
हिमस्टार
हिमस्टार ब्राण्डले उपभोक्ताका लागि चिसो मौसमका लागि विभिन्न प्रकारका सामान बजारमा ल्याएको छ। कम्पनीले हिटर, केटली, वासिङ मेसिन, एसीलगायत सामाग्री बिक्रीका लागि बजारमा ल्याएको छ। यी ब्राण्डहरूले विद्युतीय उत्पादन नेपाली ग्राहकको रोजाईमा पर्दै आएका छन्।