काठमाडौं। ई–कमर्स प्लेटफर्म दराजले नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेल आयोजना गरेको छ। १.१ न्यू इयर मेगा सेल पुस २१ गतेसम्म चल्नेछ।
मेगा सेलमार्फत कम्पनीले ग्राहकलाई निःशुल्क डेलिभरी, ७०% सम्म छुटसहितको विशेष फ्ल्यास सेल डिल र २ करोड बराबरको भौचरसमेत उपलब्ध गराउनेछ।
दराजको १.१ न्यू इयर मेगा सेलमार्फत कम्पनीले ग्राहकका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्रीलगायत विभिन्न श्रेणीमा ४,००० सम्मको छुट प्राप्त गर्न सकिने भौचर उपलब्ध गराउनेछ।
दराज १.१ न्यू इयर मेगा सेल उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कम्पनी विश्वास छ। ग्राहकले सेटाफिल, ऐबीबी, ब्रान्डहाउस, एन्कर, बोल्टलगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरका साथै नाइके तथा जुभाराजस्ता गोल्ड पार्टनरद्वारा उपलब्ध विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्।
मेगा सेलमार्फत ग्राहकले नयाँ उत्पादन, क्लियरेन्स सेल, विभिन्न ब्रान्डका हट डिलमार्फत ६०% सम्म छुटका साथै बजेट बाइजअन्तर्गत रु. ६९९, रु. ९९९, र रु. १,९९९ भित्रको विशेष अफरको मजा लिन सक्नेछन्।
दराजले ग्राहकका लागि थप बचत व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकसँग साझेदारी गरेको छ। १.१ सेल अवधिभर ग्राहकले दराज एपमा कार्डमार्फत भुक्तानी गर्दा थप छुट प्राप्त गर्न सक्नेछन्।